एसइईमा सफल विद्यार्थीलाई सम्मान



हाम्रो इकोनोमि

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय समाचार समिति (रासस) शाखाले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सफल भएका राससमा कार्यरत कर्मचारीका छोराछोरीलाई आज सम्मान गरेको छ ।

सो परीक्षामा सफल कर्मचारीका सातजना छोराछोरीलाई महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रशासन प्रमुख सोमनाथ लामिछाने, अङ्ग्रेजी शाखा प्रमुख दीपराज सन्याल, शाखाका अध्यक्ष नारायण घिमिरेलगायतले सम्मान गर्नुभयो ।

सम्मानित हुनेमा कर्मचारी मैना थापाका छोरा वसन्त थापा, खिलप्रसाद दाहालका छोरा सागर दाहाल, राजिनन् साहका छोरा भूपेन्द्रकुमार साह, शम्भु यादवका छोरा देवेश यादव छन् ।

त्यसैगरी सिद्वराज भट्टका छोरा सिद्वान्त भट्ट, मोहमद सदरुलका छोरी नुरसा जहाँ र सूर्यप्रसाद बरालका छोरा राज बराल सम्मानित हुनुभयो ।

महाप्रबन्धक शर्माले राससलाई व्यवस्थित गर्न प्रत्येक कर्मचारीले संस्थालाई माया गर्दै प्रतिबद्व भएर काममा लाग्नुपर्नेमा जोड दिँदै विद्यार्थीले जुनसुकै विषयमा अध्ययन गरे तापनि त्यस विषयमा विज्ञता हासिल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
शाखाका अध्यक्ष घिमिरेले एसइईमा सफल हुने कर्मचारीका छोराछोरीलाई आगामी वर्षदेखि रु पाँच हजार पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...