एसइईमा सफल विद्यार्थीलाई सम्मान



काठमाडौँ । नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय समाचार समिति (रासस) शाखाले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सफल भएका राससमा कार्यरत कर्मचारीका छोराछोरीलाई आज सम्मान गरेको छ ।

सो परीक्षामा सफल कर्मचारीका सातजना छोराछोरीलाई महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रशासन प्रमुख सोमनाथ लामिछाने, अङ्ग्रेजी शाखा प्रमुख दीपराज सन्याल, शाखाका अध्यक्ष नारायण घिमिरेलगायतले सम्मान गर्नुभयो ।

सम्मानित हुनेमा कर्मचारी मैना थापाका छोरा वसन्त थापा, खिलप्रसाद दाहालका छोरा सागर दाहाल, राजिनन् साहका छोरा भूपेन्द्रकुमार साह, शम्भु यादवका छोरा देवेश यादव छन् ।

त्यसैगरी सिद्वराज भट्टका छोरा सिद्वान्त भट्ट, मोहमद सदरुलका छोरी नुरसा जहाँ र सूर्यप्रसाद बरालका छोरा राज बराल सम्मानित हुनुभयो ।

महाप्रबन्धक शर्माले राससलाई व्यवस्थित गर्न प्रत्येक कर्मचारीले संस्थालाई माया गर्दै प्रतिबद्व भएर काममा लाग्नुपर्नेमा जोड दिँदै विद्यार्थीले जुनसुकै विषयमा अध्ययन गरे तापनि त्यस विषयमा विज्ञता हासिल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
शाखाका अध्यक्ष घिमिरेले एसइईमा सफल हुने कर्मचारीका छोराछोरीलाई आगामी वर्षदेखि रु पाँच हजार पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

शान्ति प्रक्रियाका बाँकी काम टुंगिने चरणमा छन् : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने चरणमा रहेको