प्रधानन्यायाधीसका लागी पराजुली सिफारिस



आज बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीस पदमा कायम मुकायम प्रधानन्यायाधीस गोपलाप्रसाद पराजुलीको नाम सिफारिस भएको छ। न्यायपरिषदबाट सिफारिस भएर आएका ६ जना वरिष्ठ न्यायाधीसमध्येबाट वरिष्ठताका आधारमा पराजुलीलाई नियुक्तिको सिफारिस गर्ने निर्णय भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले पराजुलीलाई प्रधानन्यायाधीसमा नियुक्तिका लागि संविधान अनुसार संसदीय सुनुवाई गर्न संसद सचिवालयमा पत्र पठाउने निर्णय भएको हो।जेष्ठ २४ गते तत्कालिन प्रधानन्यायाधीस सुशीला कार्कीले अनिवार्य अवकास लिएपछि पराजुली कामु प्रधानन्यायाधीसमा कार्यरत रहेको थिए।
संविधानको व्यवस्था बमोजिम संसदीय सुनुवाई समितिले सुनुवाई गरेर अनुमोदन गरेपछि पराजुलीलाई राष्ट्रपतिले मुलुकको नयाँ प्रधानन्यायाधीसमा नियुक्त गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु