पछिल्लो १५ मिनेटमा तीन ठुला दलले कहाँ कहाँ कब्जा गरे ?



हाम्रो इकोनोमि

काठमाडौँ । केआइसिंह गाउँपालिका–१ मा वडाध्यक्षसहित काँग्रेसको पूरै समूह विजयी भएको छ ।

वडाध्यक्षमा काँग्रेसका कृष्णबहादुर बम ३२४ र उहाँका निकटतम प्रतिद्वन्द्वी डबल तिरुवाले १५७ मत प्राप्त गर्नुभएको छ । दलित महिला सदस्यमा सरु भुल ३२४, महिला सदस्यमा गीता शाही ३२१, खुला सदस्यमा देव कामी ३१७ र भक्त रावल ३१४ मत प्राप्त गरी विजयी हुनुभएको छ । सो वडामा ८२४ मत खसेको थियो । दाङको दङ्गीशरण गाउँपालिका वडा नं १को वडाध्यक्षसहित पूरै पदमा एमालेको समूह विजयी भएको छ ।
एमालेका वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक तथा अन्य सदस्यमा जानकी चौधरी र उमेश चौधरी विजयी हुनुभएको छ

मोरङ जिल्लामा नेकपा (एमाले)ले विजयी सुरुआत गरेको छ । मिक्लाजुङ गाउँपालिका वडा नं १ का अध्यक्षमा एमालेका नरबहादुर राईसहित पूरै एमाले समूह नै विजयी भएको हो । सो वडामा खसेको एक हजार २४१ मध्ये ४२६ मत प्राप्त गरी राई विजयी हुनुभएको हो । यस्तै सदस्यमा एमालेकै पविन राई, फर्समान तामाङ, सन्तमाया विक र लोहनरानी राई विजयी हुनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा(माओवादी केन्द्र)ले सुरुआतीमै जित हासिल गरेको छ ।
अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गर्नुभएको हो । खड्काले उक्त ५४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गर्नुभएको छ ।
अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका अध्यक्षसहित तीन सदस्यले तथा एमालेबाट एक सदस्यले जित हासिल गरेको निर्वाचन अधिकृत चिरञ्जीवी गिरी बताउनुभयो ।
अमरगढी–११मा एमालेको जित
एघार वटा वडा रहेको अमरगढी नगरपालिकाको ११ नं वडामा एमालेका सूर्यप्रकाश खड्का ३६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका धर्मसिंह धानुकले २६० मत प्राप्त गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...