आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक-उपाध्यक्ष गौतम



हाम्रो इकोनोमि

भक्तपुर । नेकपा (एमाले)का उपाध्यक्ष एवम् अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष वामदेव गौतमले आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनुभएको छ ।

धान दिवसको अवसरमा आज महासङ्घको भक्तपुर शाखाले सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल सन्तीगाउँमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा उहाँले कृषिमा आधुनिकीकरण गरिनुपर्नेमा जोड दिनुभएकोे हो ।

गौतमले भन्नुभयो – “नेपाल कृषि प्रधान देश हो नै अझै पनि हाम्रोमा परम्परागत रुपमा धान रोपाइँ हुँदै आएको छ, त्यसलाई सुधार र आधुनिकीकरण गर्नुपर्छ ।”

महासङ्घका महासचिव बलराम बास्कोटाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले सिँचाइ र आधुनिक प्रविधिको व्यवस्थापमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सूर्यविनायक नगरपालिकाकाप्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत र वडाध्यक्ष उपेन्द्र केसीले धान दिवसलाई दिवसकै रुपमा मात्र मनाउनु भन्दा कृषिको प्रवद्र्धन लाग्नुपर्ने र यसका लागि नगरपालिकाको तर्फबाट सहयोग गरिने बताउनुभयो ।

धान दिवसका अवसरमा रोपाइँ गर्नुका साथै नाचगानसमेत गरिएको थियो ।

 सप्तरीमा धान दिवस मनाइयो

‘दुई बालि धान खेती बिस्तार आर्थिक समृद्धिको आधार’ भने नारासहित आज यहाँ धान दिवस मनाइएको छ ।
जिल्ला कृषि बिकास कार्यालयले आयोजना गरेको सो दिवसमा बिभिन्न संघसंस्थाका पदाधिकारीले स्थानीय बोदेबर्सानमा रोपाइँ गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले शुभारम्भ गर्नुभएको सो कार्यक्रममा जिल्ला कृषि बिकासका प्रमुख भगिरथ यादव, कोशी बाढी पिडित समाजका अध्यक्ष देवनारायण यादवलगायतले धान खेतीको बिकास र बिस्तारका विविध विषयमा आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
जिल्लामा बार्षिक ७० हजार हेक्टर जमिनमा धान खेति हुदै आएको छ । बिभिन्न नहर ,कुलो पैनी एवम स्यालो ट्युवेलबाट ४५ प्रतिशत धान खेतीमा सिँचाई हुदै आएको छ ।
बाँकी ५५ प्रतिशत आकासेको पानीको भरमा धान खेती हुने गरेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...