कांग्रेसलाइ ब्रेक गर्दै एमाले अगाडी, अहिले सम्म कसले कहाँ जिते(अपडेट)
हिजो सम्पन्न स्थानीय तहको देस्रो चरणमा भएको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ । कांग्रेसले केहि बेर पहिले सम्म लिएको अग्रतालाई एमालेले ब्रेक गरिदिएको छ। एमाले ३८ ठाउमा अगाडी छ भने कांग्रेस ३५ त्यस्तै माओबादी १५ ठाउमा अगाडी छ।राप्रपा २,फोरम ४ र अन्यले ३ स्थानमा अग्रता लिएको छ।
हालसम्म प्राप्त मतपरिणाम अनुसार बैतडीको पञ्चेश्वर गाउँपालिका १ को वडा अध्यक्षमा एमालेका परण बहादुर चन्दको प्यानल विजयी भएको छ ।
चन्दले ४ सय ९२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जमनसिंह साउदले ३ सय २५ मत ल्याउनु भयो । गाउँपालिकाको प्रमुखमा पनि एमालेले नै सुरुवाती अग्रता लिएको जनाएको छ ।पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्दले ५४२, माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३९८ र काँग्रेसका दिनेशबहादुर चन्दले ३१० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका बिना भट्टले ५२८, माओवादी केन्द्रका मञ्जु चन्दले ४५२ र कांग्रेसका विन्दु चन्दले २८४ प्राप्त गर्नुभएको छ ।
यस्तै बैतडीको पुरचौंडी नगरपालिका–१ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडा नं १ मा नेपाली कांग्रेसका गणेशबहादुर गडाल ४ सय २९ मत ल्याएर प्यानलसहित विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनकबहादुर धानुकले ३६० मत ल्याउनुभयो । दलित महिला सदस्यमा राधिका ओड ४२६, महिला सदस्यमा विन्देश्वरी जोशी ३८१, खुलासदस्यमा जगतसिंह भण्डारी ४११ र हिक्मत जागरी ४२४ मत प्राप्त गरी विजयी हुनुभयो । सो नगरपालिकाको अहिले वडा नं १० को मतगणना भइरहेको छ ।
पुर्चाैडी नगरपालिकाको प्रमुखमा काँग्रेसका दीपकबहादुर बमले ४५९, माओवादी केन्द्रका रणबहादुर कुँवरले २८३ र एमालेका कर्णबहादुर कुँवरले १०९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा काँग्रेसकी उत्तरा नेपाल सार्की ३८१, माओवादी केन्द्रकी जानकी ऐर बमले ३६४ र एमालेकी जानकी साउदले ६८ मत प्राप्त गर्नुभएको छ ।
बैतडी कै पञ्चेश्वर गाउँपालिकाको वडा नं ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षमा राप्रपाका रामसिंह पुजारा २ सय ५६ मतसहित विजयी हुनुभएको हो ।
दार्चुलाको लेकम गाउँपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका दौलतसिंह साउद ४५५ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका चन्द्रसिंह बोहराले २९२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै रोल्पाको सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाअध्यक्षमा अजमत डाँगी ३ सय २२ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २ सय २७ मत प्राप्त गर्नु भएको छ भने माओवादी केन्द्रका उम्मेदवार खुशलसिंह विकले १ सय ९९ मत प्राप्त गर्नु भएको छ ।
यस्तै दाङको राप्ती गाउँपालिका वडा नं ९ मा माओवादी केन्द्र प्यानल सहित विजयी भएको छ । वडाध्यक्षमा रिमबहादुर सुनारी मगर २ सय १ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको हो ।
गढवा गाउँपालिका ८ को वडा अध्यक्षमा पनि नेकपा माओवादी केन्द्रका सद्धाम सिद्दिकी प्यानलसहित १०७ मतसहित विजयी हुनुभएको छ । नवलपरासीको प्रतापपुर नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएका छन् ।
यस्तै बाजुराको छेडेदह गाउँपालिका–१ मा एमाले विजयी भएको छ । एमालेका वीरबहादुर रावत ६ सय ६१ मतका साथ विजयी हुनु भएको हो ।
यस्तै संखुवासभाको खाँदबारी नगरपालिकाको वडा नं. १० मा नेपाली कांग्रेसका उमेरदवार केशवजङ थापा विजयी हुनुभएको छ । उहाँले ५ सय ७५ मत प्राप्त गर्नु भएको थियो ।
उहाँको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उमेरदवार वेदबहादुर चौहानले ५ सय २५ मत ल्याउनु भएको थियो भने माओवादी केन्द्रका वडाध्यक्ष उम्मदेवारले ४३ मत प्राप्त गर्नु भएको थियो ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकाको वडा नम्बर ८ को अधयक्षमा नेकपा माओवादी केन्द्रका मनोज राई प्यानलसहित विजयी हुनु भएको छ ।
उहाँले ३२२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पाँचकुमार राईले ३१० मत पाउनु भएको छ ।
यस्तै रुपन्देहीको समरीमाइ गाउँपालिका वडा १ मा काँग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा शिवकुमार यादव ७ सय ४० मतसहित विजयी हुनुभएको हो । उहाँले संघीय समाजवादी फोरमका उम्मेदवारलाई हराउनुभएको हो ।
उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ मा एमालेका गोविन्द विक्रम सेन र २ मा एमालेकै धर्मराज राईको प्यानल बिजयी । गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारको अग्रता । अध्यक्ष स्वतन्त्र पदम तामाङ २७५, एमाले उद्धबसिंह थापा १९२, कांग्रेस डिकवहादुर ठकुरी १३६ र माओवादी डुंगराज विष्ट १०४ मत ।