सांसद समेत रहेका राजपाका दुई नेता कारबाहीमा



हाम्रो इकोनोमि

काठमाडौं । राजनीतिक मुद्धामा क्रमश शिथिल बन्दै गएको राजपाले दोहोरो भूमिका निर्वाह गरिरहदा त्यसले उक्त पार्टीमा बिग्रह गराउने संकेत देखिएको छ। राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टीका शीर्ष नेताद्धय सर्वेन्द्रनाथ शुक्ला र बृजेशकुमार गुप्ताले दोस्रो चरणको चुनावमा पार्टीको नीति र निर्णय विपरित काम गरेको भन्दै कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

उनले पार्टीको निर्णयलाई शिरोधार्य गर्नु नै सबै नेता तथा कार्यकर्ताहरुको दायित्व भएको स्पष्ट पारे । उनले भने,‘पार्टी हित विपरित जाने जो कोहीलाई पनि कारवाही हुन्छ।’दुई नेता शुक्ला र गुप्ताले पार्टीको नीति विपरित गतिविधि चलाएको पाईएकोले यसको बारेमा छानविन गरेर कारबाही गर्ने तयारी गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...