स्थानीय निर्वाचनमा क-कस्को भयो पत्तासाप



हाम्रो इकोनोमि

काठमाडौ । यसपटक चुनाव वहिस्कार गर्नेहरु पत्तासाप भएका छन् । राष्ट्रिय जनता पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव बहिस्कार र बिथोल्ने कार्यक्रम घोषणा गरेका थिए ।

उनीहरुले बन्द हड्तालका कार्यक्रम पनि आह्वान गरेका थिए । तथापी उनीहरुको कार्यक्रम खासै प्रभावकारी भएन । राजपाको घोषणालाई रुपन्देही, कपिलवस्तु लगायत उसको प्रभाव क्षेत्रमा आफ्नै कार्यकर्ताले लोप्पा खुवाईदिए । सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता जस्ता जननिर्वाचित राजपा नेताहरुले कार्यकर्तालाई स्वतन्त्ररुपमा उम्मेदवार उठाएर आफ्नो प्रभाव क्षेत्रमा अरुलाई जित्न नदिने रणनीति बनाए । लिम्बुवानमा पनि चुनाव बहिस्कारको धम्की थियो । सिके राउतबाट पनि डर थियो ।

र, सबै बहिस्कारवादीहरु यसपटक लगभग पत्तासाफ भए । जहाँ राजपाको प्रभाव थियो, त्यही ठाउँमा सबैभन्दा धेरै मतदान भएकाले पनि राजपाको बहिस्कार मधेशी जनताबाट खारेज भएको पुष्टि हुन्छ । चुनाव हुने जिल्लामा राजपाको बन्द हड्तालेको कुनै प्रभाव भएन ।

तर चुनावै नभएको २ नम्बर प्रदेशमा बन्द गराएर राजपाले टाउको दुःखेको दबाइ नाइटोमा लगाएको चर्चा पनि चल्यो । यो चुनावमा बहिस्कार रणनीतिको असफलताले राजपालाई रक्षात्मक बनाइदियो । रोल्पाको थवाङमा विप्लबका कार्यकर्ताले मतदानमा भाग लिएर उनको आह्वानलाई खारेजमात्र गरेका छैनन्, यसपटक देशमा चुनावबाट कोही बाहिर नरहेको प्रमाणित गरिदिए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...