७०.५ प्रतिशत मत खस्यो, कहाँ के के भयो हेर्नुहोस



काठमाडौँ /  तीन प्रदेशका ३५ जिल्लास्थित ३ सय ३४ स्थानीय तहमा बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कम्तिमा ७०.५ प्रतिशत मतदान भएको छ। सम्पन्न निर्वाचन लगत्तै निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन पूर्ण रुपले सफल भएको भन्दै अझै यो प्रारम्भिक प्रतिशतमा बृद्धि हुन सक्ने बताए।

आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले आज भएको निर्वाचनमा बझाँङको जयपृथ्वीबहादुर सिंह नगरपालिकाका तीनवटा मतदान केन्द्रमा बाहेक सबै जिल्लाका मतदान केन्द्रमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको बताए।

यादवले दिएको जानकारी अनुसार, सबै भन्दा बढी ८० प्रतिशत मतदान बाजुरा जिल्लामा भएको छ भने सबैभन्दा कम ६० प्रतिशत भोजपुरमा खसेको छ।

सोलुखुम्बुको नेचासल्यानको वडा नम्बर ६ मा मतदान अधिकृत पुगेर सबै प्रक्रिया पूरा गरी फर्किएको बताउँदै मतदान कार्यमा सहभागी हुने वा नहुने भन्ने मतदाताको अधिकार भएको उनले बताए।
नवलपरासीको एक मतदान केन्द्रमा २ मत मात्र खसेको उनले बताए। कुनै मतदाताले सहभागिता नजनाउदैमा निर्वाचन रद्द नहुने उनले बताए। राजपाले त्यहाँ अबरोध गरेको थियो।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)