यी हुन् बम समात्ने पुलिस, समातेको दुई सेकेण्डमै पड्कियो



हाम्रो इकोनोमि

काठमाडौँ / बम समात्ने साहसी प्रहरीको परिचय बनाएका प्रहरी हवल्दार गोरेबहादुर रानाले अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम भूँइमा नखस्दै हातले समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिए। त्यस पछि उनको चर्चा चुलिएको छ । दाङको तुलसीपुर ३ अम्बास मतदान केन्द्रको बुथ सुरक्षामा रहेका रानाले ज्यानको प्रवाह नगरी बुथको सुरक्षा गरेका हुन्। अज्ञात समूहले फालेको उक्त बम हवल्दारले समातेर फालको दुई सेकेण्डमै पड्किएको थियो।

हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति हुन पाएन। हवल्दार रानाले बम समातेर मतदान केन्द्र भन्दा बाहिर नफालेको भए मतदान स्थलमा क्षति पुग्ने भए पनि उहाँको साहसले कुनै क्षति नभएको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...