म्यादी प्रहरीको हेलिकप्टरद्धारा उद्धार



हाम्रो इकोनोमि

रुकुम। झाडापखालाका कारण गम्भीर बिरामी भएकी एक म्यादी प्रहरीलाई आज नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।

सिस्ने गाउँपालिका– १ पाखापानी मतदान केन्द्रमा खटिएकी म्यादी प्रहरी २३ वर्षीया सीता बिसीलाई सेनाको हेलिकप्टरमा उद्धार गरी सदरमुकाम मुसिकोट ल्याइएको छ ।

चौरजहारी नगरपालिका– ६ घर भएकी बिसी पखालाबाट केही दिनदेखि सिकिस्त थिइन । बोल्नै नसक्ने अवस्थाकी बिसीलाई सुर्खेतबाट हवाईगस्तीमा रुकुम आएको सेनाको हेलिकप्टरले उद्धार गरी उपचारका लागि मुसिकोटस्थित जिल्ला अस्पताल ल्याएको प्रहरी नायव उपरीक्षक अङकुर जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...