मतदान गर्ने क्रममा सात जना बेहोस



हाम्रो इकोनोमि

काठमाण्डौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कैलालीको लम्की चुहा नगरपालिकाकी १०२ वर्षीया महेसरा जैसीले मोतीपुर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यसैगरी टीकापुर नगरपालिका— ५ की ९७ वर्षीया रङ्गा भण्डारीले मनिकापुर मतदान केन्द्रबाट मतदान गर्नुभयो । जिल्लाका सबै स्थानीय तहमा निकै उत्साहका साथ शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो । मध्याह्न केही समय पानी परेपछि प्राप्त शीतलताबाट मतदाताले राहत महसुस गरेको छन् ।

मध्याह्नसम्म ५० देखि ५५ प्रतिशतसम्म मतदान भएको सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतले बताउनुभयो । लम्की चुहा नगरपालिकाको कालिका मतदान केन्द्रमा मतदानका लागि लामबद्ध भएको अवस्थामा अत्यधिक गर्मीका कारण सात जना बेहोस भएकामा उपचारपछि उहाँहरुले आफ्नो मताधिकार प्रयोग गरेको स्थानीय पत्रकार नवराज रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...