बम सहित चुनाब बिथोल्ने प्रहरी खोरमा



हाम्रो इकोनोमि

काठमाडौँ । निर्वाचन विरोधी गतिविधिमा संलग्न छ जनालाई प्रहरीले झापा बाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेकपाका पाँच र डा सिके राउतको पर्चा बाँड्दै हिँड्ने एक जना छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नेकपाका मेची ब्युरो इन्चार्ज सुमन लिम्बू र सदस्य डिल्लीकुमार मैनाली, झापा जिल्ला इन्चार्ज उमेश अधिकारी, सेक्रेटरी तारा थापा र ‘जनसरकार’ प्रमुख सुमनसिंह पौडेल तथा गौरीगन्ज – ३ निवासी ४५ वर्षीया कैशीला महतो छिन् । उनीहरुलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए ।

त्यस्तै उदयपुरमा गए राति रौतमाई गाउँपालिका– ७ मा नेकपाका तीन कार्यकर्तालाई प्रहरीले बमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १४ बस्ने ४० वर्षीय भरत बस्नेत, रौता– ७ बस्ने ३० वर्षीय तिलक तामाङ र ४६ वर्षीय ध्रुव खड्का रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
रौता, मुर्कची बजारबाट पक्राउ गर्दा उनीहरुका साथबाट दुई थान बम र केही हतियार बरामद भएको प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताए । कटारी नगरपालिका– १ बाट एक र गाईघाटबाट दुई जना यसअघि नै पक्राउ परिसकेको जनाइएको छ

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...