दर्शकको मन जितेर चर्चामा आउन सफल जैना



हाम्रो इकोनोमि

काठमाण्डौं । पछिल्लो समय कलिलो उमेरमा दर्शकको मन जितेर चर्चामा आउन सफल सुन्दरी नायिका हुन् जैना कुँवर । सिन्धुपाल्चोकको चौतारामा जन्मिएकी उनले तिन वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

जोनी जेन्टलम्यान , मेरो पैसा खोई, झ्यानाकुटी जस्ता चलचित्रमा अभिनय गरेकी छिन् । तिन वटै चलचित्रमा नायिकाको सहायक भुमिकामा अभिनय गरेकी उनको ‘जोनी जेन्टलम्यान ‘ भाद्र ३० गते रिलिज हुँदै छ । चलचित्र ‘जोनी जेन्टलम्यान’मा नायिका आँचल शर्माको साथीको भूमिकामा उनी देखिएकी छिन् । यो चलचित्रमा आफ्नो भूमिका सशक्त भएको र कथा मन परेकाले नै काम गरेको उनले बताईन् ।

हरेक खालको भूमिका गर्न सक्छु भन्ने आत्मविश्वासको साथ यो क्षेत्रमा लागेकी उनी ब्याचलर दोस्रो बर्षमा अध्ययन गर्दै छिन् । उनी १६ बर्षको उमेरबाट अभिनय क्षेत्रमा लागेकी हुन् । सानै देखि नृत्य र अभिनय गर्न रुचाउने उनी घर परिवारमा बाबा ममिबाट भन्दा पनि दिदीबाट बढि सर्पोट भएको बताउछिन् । भविष्यमा एयर होस्टेज तालिम केन्द्र खोल्ने र अभिनयलाई चाहीँ रुचिको क्षेत्र बनाउने सोचमा छिन् ।

 

रमिला खतिवडा

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...