दर्शकको मन जितेर चर्चामा आउन सफल जैना



हाम्रो इकोनोमि

काठमाण्डौं । पछिल्लो समय कलिलो उमेरमा दर्शकको मन जितेर चर्चामा आउन सफल सुन्दरी नायिका हुन् जैना कुँवर । सिन्धुपाल्चोकको चौतारामा जन्मिएकी उनले तिन वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

जोनी जेन्टलम्यान , मेरो पैसा खोई, झ्यानाकुटी जस्ता चलचित्रमा अभिनय गरेकी छिन् । तिन वटै चलचित्रमा नायिकाको सहायक भुमिकामा अभिनय गरेकी उनको ‘जोनी जेन्टलम्यान ‘ भाद्र ३० गते रिलिज हुँदै छ । चलचित्र ‘जोनी जेन्टलम्यान’मा नायिका आँचल शर्माको साथीको भूमिकामा उनी देखिएकी छिन् । यो चलचित्रमा आफ्नो भूमिका सशक्त भएको र कथा मन परेकाले नै काम गरेको उनले बताईन् ।

हरेक खालको भूमिका गर्न सक्छु भन्ने आत्मविश्वासको साथ यो क्षेत्रमा लागेकी उनी ब्याचलर दोस्रो बर्षमा अध्ययन गर्दै छिन् । उनी १६ बर्षको उमेरबाट अभिनय क्षेत्रमा लागेकी हुन् । सानै देखि नृत्य र अभिनय गर्न रुचाउने उनी घर परिवारमा बाबा ममिबाट भन्दा पनि दिदीबाट बढि सर्पोट भएको बताउछिन् । भविष्यमा एयर होस्टेज तालिम केन्द्र खोल्ने र अभिनयलाई चाहीँ रुचिको क्षेत्र बनाउने सोचमा छिन् ।

 

रमिला खतिवडा

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...