नेपाल बंगलादेश बैंकको ९ लाख ८८ हजार १२० कित्ता सेयर खुल्यो



हाम्रो इकोनोमि

काठमाण्डौं । नेपाल बंगलादेश बैंकको आज देखि ९ लाख ८८ हजार १२०.८८ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । बैंकले संस्थापक समूहको १९ हजार ५११ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६८ हजार ६०९.८० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद भने असार २१ गते सम्म तोकिएको छ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत रहेको बंगलादेश बैंकले बैशाख १० गते देखि जेठ १० गतेसम्म ३ करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा बिक्री खुला गरेको हो । ग्लोबल आइएमई क्यापीटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौं तथा नेपाल बंगलादेश बैंकको सेयर बिभाग कमलादी काठमाडौंमा आइपुग्नेगरी फारम बुझाउनु पर्नेछ । संस्थापक सेयरको हकमा भने बैंकको सेयर बिभाग कमलादी काठमाडौंमा मात्र आइपुग्नेगरी फारम बुझाउनु पर्नेछ ।

दुबै समूहको बोलपत्र असार २३ गते दिउसो ३ बजे नेपाल बंगलादेश बैंकको सेयर बिभाग कमलादी काठमाडौंमा खोलीनेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा बैंकको चुक्ता पुँजी ५ अर्ब ५१ करोड ४० लाख ७९ हजार रुपैयाँ रहेको छ । लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ७ अर्ब २२ करोड ११ लाख ६५ हजार ५०० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...