नेपाल बंगलादेश बैंकको ९ लाख ८८ हजार १२० कित्ता सेयर खुल्यो



हाम्रो इकोनोमि

काठमाण्डौं । नेपाल बंगलादेश बैंकको आज देखि ९ लाख ८८ हजार १२०.८८ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । बैंकले संस्थापक समूहको १९ हजार ५११ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६८ हजार ६०९.८० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद भने असार २१ गते सम्म तोकिएको छ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत रहेको बंगलादेश बैंकले बैशाख १० गते देखि जेठ १० गतेसम्म ३ करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा बिक्री खुला गरेको हो । ग्लोबल आइएमई क्यापीटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौं तथा नेपाल बंगलादेश बैंकको सेयर बिभाग कमलादी काठमाडौंमा आइपुग्नेगरी फारम बुझाउनु पर्नेछ । संस्थापक सेयरको हकमा भने बैंकको सेयर बिभाग कमलादी काठमाडौंमा मात्र आइपुग्नेगरी फारम बुझाउनु पर्नेछ ।

दुबै समूहको बोलपत्र असार २३ गते दिउसो ३ बजे नेपाल बंगलादेश बैंकको सेयर बिभाग कमलादी काठमाडौंमा खोलीनेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा बैंकको चुक्ता पुँजी ५ अर्ब ५१ करोड ४० लाख ७९ हजार रुपैयाँ रहेको छ । लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ७ अर्ब २२ करोड ११ लाख ६५ हजार ५०० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

    नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।...

भारतमा बजेट भाषण, १२ अर्बभन्दा बढी नेपाललाई अनुदान

    नेपाललाई भारत सरकारले आगामी आर्थिक वर्षमा ७ सय करोड भारतीय रुपैया...

सुनको भाउ तोलाको ३ लाख १८ हजार नाघ्यो

     नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।...