म्यादी प्रहरीका नाममा व्यापक अनियमितता



हाम्रो इकोनोमि

काठमाडौँ । म्यादी प्रहरीलाई दिनुपर्ने महिनाबारी तलब भुक्तानीमा प्रहरी प्रधान कार्यालयभित्र व्यापक घोटाला भएपछि पीडितहरु अख्तियार धाउन थालेका छन् । तर, अख्तियारले हालसम्म उनीहरुको निवेदन भने दर्ता गरेको छैन ।

स्थानीय निर्वाचनको कार्यतालिका निर्धारण गरिएलगत्तै भर्ना भएका म्यादी प्रहरीलाई ५५ दिनको तलबबापत ५१ हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय नेपाल सरकार, मन्त्रिपरिषद्को ७ वैशाखमा सम्पन्न बैठकले गरेको थियो । तर, पहिला एकै चरणमा देशभर स्थानीय निर्वाचन सम्पन्न गर्ने सरकारको योजना तीन चरणमा हुने भएपछि म्यादी प्रहरीको म्याद थप्दै लगिएको छ ।

म्यादी  प्रहरीका लागि मन्त्रिपषिद्बाट स्वीकृत तलब अर्थ मन्त्रालयहुँदै गृह र गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा एकमुष्ट पठाइसकेको छ । तर, प्रहरी प्रधान कार्यालयले पहिलो किस्तामात्रै दिएर उनीहरुलाई काममा खटाएको छ । उनीहरुले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउनुपर्नेमा कतिपय म्यादीले सो रकम पनि पाएका छैनन् ।

यसपटक अघिल्लो निर्वाचनमा जस्तो सरकारले पोशाक सिलाएर उनीहरुलाई दिएन । गृह मन्त्रालयले तोकिदिएको मापदण्डअनुसार म्यादी प्रहरीले आफै पोशाक किन्नुपरेको थियो ।

मन्त्रिपरिषद्ले म्यादी प्रहरी निर्वाचनमा खटिँदा सात दिन उनीहरुलाई थप बिशेष भत्ता उपलब्ध गराइने निर्णय गरेको थियो । एक सातामा प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउने निर्णय पनि कार्यान्वयन भएको छैन । त्यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने भनेकोमा सो रकम पनि उनीहरु पाएका छैनन् । सरकारले उनीहरुको ५५ दिनको बिशेष वीमा गर्ने योजना अगाडि सारेको थियो । तर, कतिपय जिल्ला प्रहरी कार्यालयहरुले वीमा गराइदिएका छैनन् ।

सरकारले स्थानीय तह निर्वाचनको सुरक्षाका लागि देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ । निर्वाचनका बेला कुनै दुर्घटना भएमा सरकारले म्यादी प्रहरीका लागि बिशेष वीमाको व्यवस्था समेत गरेको छ । निर्वाचन अवधिभर ५५ दिनका लागि प्रतिम्यादी प्रहरी २ लाख बराबरको दुर्घटना वीमा गर्ने निर्णय गरेको हो । निर्वाचनमा खटिएका बेला म्यादी प्रहरी दुर्घटनामा परेमा २ लाख क्षतिपूर्ति पाउनेछन् ।

यस्तै उनीहरुका लागि १ लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य वीमा गरिने भएको छ । निर्वाचन अवधि ५५ दिनभित्र कुनै म्यादी प्रहरी विरामी परेमा एक लाख ५० हजारसम्मको उपचार खर्च पनि सरकारले व्यहोर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...