थप १३ बस गुडाउन कामनपाले दियो साझालाई पुनः पाँच करोड



हाम्रो इकोनोमि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः रु पाँच करोड उपलब्ध गराएको छ ।

स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्ने क्रममा सो संस्थाको सेवा विस्तारका लागि महानगरपालिकाबाट सो रकम प्रदान गरेको होे ।

आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साझाका अध्यक्ष कनकमणि दीक्षितलाई रु पाँच करोडको चेक हस्तान्तरण गर्नुभयो ।

सो रकमबाट साझाले १२ बटा डिलक्स र एउटा सामान्यखालको बस सञ्चालनमा ल्याउने भएको छ । कामनपाको सहयोगमा थप बससहित जम्मा ४३ वटा बस गुड्नेछन् ।

महानगर प्रमुख शाक्यले सार्वजनिक यातायातका क्षेत्रमा थप फड्को मार्न र उपत्यकामा गुड्ने साना गाडीलाई विस्थापित गर्न सहयोग गरेको जानकारी दिनुभयो ।
महानगरलाई समृद्ध र जीवन्त सहर निर्माणका लागि आफ्नोतर्फबाट कुनै पनि कसर बाँकी नराख्ने पनि उहाँले जानकारी दिनुभयो ।

कामनपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अन्य निजी क्षेत्रका सार्वजनिक यातायातले पनि साझाले जस्तै सेवा दिन आवश्यक रहेको बताउनुभयो ।

अब सञ्चालन हुने बसले ज्येष्ठ नागरिक, गरिब परिचयपत्र बोकेका नागरिक, अपाङ्ग र पाँच वर्षमुनिका बालबालिकालले समेत निःशुल्क सेवा पाउने छन् । आज हस्तान्तरण गरिएको रकमसहित कामनपाले साझालाई रु १५ करोड उपलब्ध गराइकेको छ । साझाले ३६५ दिन नै नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...