मुग्लिन नारायणगढ सडक खण्ड पुनः सञ्चालनमा



हाम्रो इकोनोमि

काठमाण्डौं । मुग्लिन नारायणगढ सडक खण्डको टोपे खोला नजिक आज दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ ।

मुग्लिनबाट तीन किलोमिटर दक्षिण नारायणगढतर्फ पहिरो खसेको हो । नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउन दुईवटा लोडर परिचालन गरिएको थियो ।

सडक अवरुद्ध भएपछि अनुगमनका लागि चितवन आउँदै गरेको व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारी तथा सदस्यद्वय गुरु बुर्लाकोटी र प्रकाश अधिकारी शर्मासहितको टोली बाटोमै अलपत्र परेको थियो । सडक अवरुद्ध भएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि घर जाँदै गरेका सयौँ मतदाता अलपत्र परेका थिए ।

सडक सञ्चालनमा आएसँगै पत्रकारसहित आएको संसदीय टोलीले अनुगमन कार्यलाई अगाडि बढाएको छ । रोकिएका सवारी साधन पनि पहिरो पन्छाएपछि आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ । नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर खनालका अनुसार सो सडकमा समय समयमा पहिरो खस्ने समस्या देखिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...