सबैको मन लोभ्याउन सफल रिचा



हाम्रो इकोनोमि

काठमाण्डौं । सानैदेखि अभिनय र नृत्यमा बढी रुचि राख्ने रिचा थापा अहिले मोडलिङ क्षेत्रमा चर्चामा रहेको नाम हो । सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनको अभिनयले सबैको ध्यान आकर्षित गर्छ ।

फेसबुकमा, तिम्रो दिलको ब्लुतुथ, इन्टरनेटमा,  माढिफाटैमा, दिदी बहिनी सिता र तारा , मायालु मुटुमा बसार्इं स¥यो नि , सानिले जस्ता चर्चित म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनले म्युजिक भिडियोमा मात्र नभएर चलचित्रमा पनि अभिनय गरेकी छिन् । चलचित्र लोग्ने मान्छेमा नायिकाको सहायक भुमिकामा अभिनय गरेकी उनले आरो र नरसिंहामा नायिकाको भुमिकामा अभिनय गरेकी छिन् ।

ब्याचलर पहिलो बर्षमा अध्ययन गर्दै गरेकी उनी ३ बर्ष अगाडीबाट मात्र मोडलिङ क्षेत्रमा लागेकी हुन । परिवारमा ममि पनि कलाकार भएकाले मोडलिङ क्षेत्रमा लाग्न सजिलो भएको बताउने उनी यही क्षेत्रबाट नै आफ्नो जिवन अगाडी बढाउने सोचमा छिन् ।

 

रमिला खतिवडा

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...