कांग्रेसमा बबण्डर माओबादीका बरिष्ठलाइ धक्का, महेन्द्र र मोदी मन्त्री बन्ने पक्का



काठमाडौँ / माओबादीले थप मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाइ बुझाई सकेको छ। प्रधानमन्त्री भएको ३ हप्ता बितेपछी र देउवा सरकारमा माओवादी बाट मन्त्रीहुने हरुको नाम शिफारिश भए संगै चुनाब लगत्तै मन्त्री परिषद बिस्तार हुने भएको हो। माओबादीले यस अघि नै कृष्ण बहादुर महरालाइ उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मवारी दिएर सरकारमा पठाएको छ । उनीसँगै जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाह सहरी विकास मन्त्रालयको जिम्मेवारीमा छन् ।

त्यसैगरी विजयकुमार गच्छदार देउवा सरकारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित उपप्रधानमन्त्रीको जिम्मेवारीमा छन् । गच्छदारले भुमि सुधार र पर्यटन मन्त्रालयको दाबी गरेका छन् । भुमि सुधारमा गोपाल दहित र पर्यटनमा जितेन्द्र देवलाई जिम्मेवारी दिने बुझिएको छ ।

देउवाले प्रधानमन्त्री पदको सपथ ग्रहणसँगै पहिलो चरणमा मन्त्रिमण्डल विस्तार गरेपछि आसन्न दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने सत्तारुढ दलको तयारी छ । त्यससँगै अन्य कुन कुन दललाई सरकारममा ल्याउने भन्ने विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतको दावी छ ।
अघिल्लो सरकारका मन्त्री प्रेम बहादुर सिंह,कुमार खड्का लाइ फेरि जिम्मेवारी दिने तयारी देउवाको छ ।नेकपा संयुक्तले पनि एउटा मन्त्रालय पाउने निश्षित छ ।

माओबादीले देउवा सरकारमा थप मन्त्री पठाउने बिषयमा लगभग टुंगो लगाई सकेको छ ।श्रोतका अनुसार मोरङबाट निर्वाचित सांसद शिवकुमार मण्डललाई १ नम्बर प्रदेशको प्रतिनिधित्व गराउँदै आपूर्तिमन्त्री बनाउने भएको छ ।

त्यसैगरी रामेछापका सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासनमन्त्री बनाउने गरी छलफल अघि बढेको पनि स्रोतले बतायो । त्यसैगरी महेन्द्रबहादुर शाहीलाई ऊर्जामन्त्री बनाउने लाजिम्पाटको तयारी छ । यससँगै तनहुँकी आशा कोइरालालाई पनि मन्त्री बनाउने सहमति भएको छ । तर उनलाई कुन मन्त्रालय दिने भन्ने विषयमा कुनै सहमति भएको छैन ।
यता नारायणकाजी श्रेष्ठको समुहलाई स्वास्थ्य मन्त्रालय दिने तयारी थालेको छ । तर श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । श्रेष्ठले कसलाई मन्त्री बनाउनलान् भन्ने विषयमा कुनै सहमति भएको छैन । तर श्रेष्ठले गिरिराजमणि पोखरेललाई पठाउने गरी तयारी गरेको बुझिएको छ ।

क–कसलाई बनाउँदैछन् राज्यमन्त्री

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीहरुसँगै राज्यमन्त्री पनि पठाउने भएकोछ ।

दोस्रो संविधानसभाको निर्वाचनमार्फत प्रत्यक्ष रुपमा जितेर आएका सांसदलाई प्राथमिकतामा राखेर माओवादी केन्द्रले चाँडै सरकारमा आफ्नो पार्टीबाट जाने मन्त्री र राज्यमन्त्रीको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

माओवादी केन्द्रले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नामवली लगभग तयार पारेको छ । मन्त्रीको सूचीमा नअटाएकाहरुलाई माओवादी केन्द्रले जात्तीय, भेगीय र समुदायगत हिसाबले राज्यमन्त्रीमा सिफारिस गर्ने भएको छ ।
सुर्खेतकी सीता नेपालीलाई महिला र दलित समुदायको प्रतिनिधित्व गराउँदै सरकारमा पठाउने तयारी भए पनि उनी राज्यमन्त्रीमा पठाउने गरी छलफल चलेको छ । नेपालीलाई मन्त्री बनाउनुपर्ने माग कार्यालय बैठकमा बारम्बार उठे पनि उनको नाम राज्यमन्त्रीको सूचीमा पहिलो नम्बरमै रहेको बताइएको छ ।

त्यसैगरी काठमाडौँकी रुपा महर्जनलाई नेवार समुदायको प्रतिनिधित्व गराउँदै राज्यमन्त्री बनाउने भएको छ भने वाङकी शेर्पालाई पनि शेर्पा समुदायको प्रतिनिधित्व गराउँदै राज्यमन्त्री बनाउने पक्का भएको छ ।

त्यस्तै चौधरी समुदायबाट मानपुर चौधरी र मधेसबाट अशोक जयसवाल र अमनलाल मोदीलाई राज्यमन्त्रीको रुपमा सरकारमा पठाउने गरी लाजिम्पाटले नामावली तयार पारेको छ ।
त्यस्तै प्रचण्ड नेतृत्वको सरकारदेखि कुनै पनि हालतमा मन्त्री बन्ने तयारीका साथ दौडधुपमा लागेका सांसद रामनारायण बिँडारीलाई मन्त्री राज्यमन्त्रीमा पठाउने तयारी छ । पार्टी अध्यक्ष प्रचण्डले बिँडारीलाई राज्यमन्त्रीमा जान आग्रह गरिसकेका छन् तर बिडारीले जवाफ फर्काएका छैनन् ।
माओवादी केन्द्रका एक कार्यालय सदस्यका अनुसार अन्य नेताहरुको नाममाथि पनि छलफपल चलिरहेको छ । यद्यपी पहिलो चरणमा माथि उल्लिखित नेताहरुलाई राज्यमन्त्री बनाइने बताइएको छ । उता कांग्रेसमा भने ककसलाई मन्त्री बनाउने भन्नेमा विवाद छ।कांग्रेसले पनि चुनाब लगत्तै मन्त्री बन्नेहरुको नाम टुंगो लगाउदै छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय