रैथाने जिताऊँ अभियानमा बराईली



हाम्रो इकोनोमि

पर्सा । अहिले तराईमा रैथाने एकता अभियान चलाईरहेका सन्तोस बराईली स्थानीय चुनावमा पर्साका गाउँमा नवनागरिकलाई हराउँ र रैथानेलाई जिताउँ भन्दै हिडेको छ । रैथाने एकता परिषद्का संयोजक बराईली सहित टोली नै अहिले त्यो अभियानमा तराईमा केन्द्रित भएर लागिरहेका छन् ।

अहिले स्थानीय निकायको चुनावमा नवनागरिकलाई उमेद्वार नबनाउन राजनीतिक दलहरुलाई दवाव दिन रैथाने एकता परिषद्ले दुई नम्बर प्रदेशमा अभियान चलाइरहेको छ । उसको अभियान नवनागरिकहरुलाई टिकट नदिन पार्टीहरुलाई दबाब दिनेदेखि लिएर जुनसुकै पार्टीका रैथाने उमेदवारलाई जिताउन केन्द्रित रहेको देखिन्छ ।

पर्साबाट सुरु भएको ‘नवनागरिक हराउ, रैथाने जिताउ अभियान’ सिरहा , धनुषाका बजार र गाउँ हुँदै अहिले वारा जिल्लाका ग्रामिण भेगहरुमा पुगेको परिषद्का सयोंजक सन्तोष बराइलीले बताए । ‘दुई नम्बर प्रदेशका ग्रामिण भेगका जनताको घरदैलोमा पुगेर जुनै पार्टीका भए पनि रैथाने उमेदवारलाई जिताउन आग्रह गरिरहेका छौं’ सयोंजक बराइलीले भने, ‘रैथाने उमेदवार जिताउँ अभियान हामी दुई नम्बर प्रदेशका सवै जिल्लामा चलाउने छौं ।’

अभियान सञ्चालनको क्रममा आफूले दुई नम्बर प्रदेश चुनावमय बनिसकेको पाएको उनले बताए ।
उनको बुझाईमा, दुई नम्बर प्रदेशका ग्रामिण भेगहरुमा एमाले , कांग्रेस , फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम, राप्रपा र माओवादीको प्रभाव र वर्चश्व देखिन्छ, राजपाको अवस्था शून्य जस्तै छ ।

एमाले र कांग्रेस त्यहाँ बलियो रहेको ती पार्टीमा टिकटका आकंक्षी धेरै देखिनु, टिकट पाउन गाउँमा कार्यकर्ता जुटाउनेदेखि प्रदेश र केन्द्रसम्म धाउनेहरुको संख्या बढि हुनुले स्पष्ट पार्ने बराईलीको बुझाई छ । ती दुई बाहेक अरु दलमा टिकटको प्रतिस्पर्धी नदेखिएका मात्र नभएर वडा तहसम्म उठ्ने उमेद्वारसमेत नभएको बराईलीले बताए । आकंक्षी धेरै भएकाले एमाले र काग्रेसलाई कार्यकर्तालाई चित्त बुझ्नेगरी टिकट वितरण गर्न समस्या परेको तथा जुन पार्टीलाई टिकट वितरण कार्यकर्तालाई चित्त बुझाउनेगरी गर्न सक्छन् उसैले जित्ने स्थिति रहेको बराईको बुझाई छ । दुई नम्बर प्रदेशको चुनावसम्म आफ्नो अभियान जारी रहने पनि उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...