स्थानीय चुनावमा फर्केकाहरु सीमामै अलपत्र



हाम्रो इकोनोमि

नेपालगञ्ज । भरातमा मजदुरी गर्ने नेपालीहरु स्थानीय चुनावमा सहभागी हुनको लागि घर आईरहेका छन् । तर भारतबाट नेपाल आउँदै गरेका नेपालीलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले नेपालगन्ज ल्याएका छन् । सीमा नाका बन्द भएको जानकारी नपाएर नेपाल फर्किंदै गरेकाहरू भारतीय सीमा बजार रुपइडिहामा अलपत्र परेपछि प्रहरीले सुरक्षा दिएर नेपाल प्रवेश गराएको हो ।

नाका बन्द भएपछि निर्वाचनमा सहभागी हुन नेपाल आउँदै गरेकाहरू सीमा बजार रुपइडिहामा अलपत्र पर्न थालेका छन् ।  भारतीय नाकामा मतदान नसकिँदासम्मका लागि आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । १४ असारमा हुने निर्वाचनको सुरक्षाका लागि सीमा नाका बन्द गरिएको हो । सीमा नाकामा सिकिस्त बिरामीबाहेक अरुले आवतजावत गर्न नपाउने प्रबन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए ।

अत्यावश्यक कामका लागि सीमा नाकाबाट जानुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको सिफारिस लिएर प्रहरीको आग्रह छ । सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा गर्न र अपराधिक गतिविधिमा सुक्ष्म रूपमा निगरानी राख्न नेपाल र भारत सीमा क्षेत्रमा दुवै देशको संयुक्त सुरक्षा गस्ती सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक सुधीर खडकाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...