मन्त्रालयमा मन्त्री छैन, कर्मचारीलाई चैन



हाम्रो इकोनोमि

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय चुनावका लागि गृह जिल्लामा  छन् । उनी प्रधानमन्त्रीमा निर्वाचित भएको १९ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सोही कारण २३ मन्त्रालय मन्त्रीविहीन छन् । २३ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैं लिएका छन् ।

१९ दिनदेखि मन्त्रीविहीन रहेका मन्त्रालयमा प्रशासनिक बाहेक जनताका कुनै पनि काम कार्यान्वयन भएका छैनन् । संघीयता कार्यान्वयनका महत्त्वपूर्ण जिम्मेवारी रहेका मन्त्रालयमा समेत मन्त्री नरहँदा गम्भीर समस्या परिरहेको प्रशासकहरुले बताएका छन् ।

कार्यालयमा काम नहुने भएपछि कर्मचारीहरु आउदै गफ गर्दै समय काटाईरहेका छन् । त्यसै त   कामचोर भनेर  सरकारी कर्मचारीहरुलाई भन्ने गरिएको थियो । अहिले त त्यो अवस्था रहेन विभागीय प्रमुख नै नभएपछि काम गर्ने र नगर्ने कर्मचारीलाई हाईसञ्चो भएको छ ।

मन्त्रालयमा विभिन्न काम लिएर आउने सेवाग्राहीलाई मन्त्रालयका कर्मचारीले मन्त्री नभएको र मन्त्री आएपछि मात्र काम हुने बताउन थालेका छन् । जसका कारण त्यहाँ काम लिएर आउनेको संख्याा घटेको छ भने सिंहदरबार पुरै शुसान प्रायः हुने गरेको छ ।

आपूर्ति, उद्योग, ऊर्जा, कृषि विकास, खानेपानी तथा सरसफाइ, जनसंख्या तथा वातावरण मन्त्रालय मन्त्रीविहीन छन् । त्यसैगरी जनसंख्या तथा वातावरण, पशुपंक्षी, भूमिसुधार तथा व्यवस्था, भौतिक पूर्वाधार तथा यातायात, महिला तथा बालबालिका, युवा तथा खेलकुद, रक्षा, वन तथा भूसंरक्षण, वाणिज्य, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माणलगायतका मन्त्रालयले मन्त्री पाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...