अपहरणमा संलग्न बिप्लबका चार भाई खोरमा



हाम्रो इकोनोमि

काठमाडौँ । जडीबुटी व्यवसायी गोपालबाबु श्रेष्ठ र भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका बस्ने कविता दाहाललाई अपहरण गर्ने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार आफूलाई बिप्लव माओवादीको कार्यकर्ता बताउँदै सो समूहले श्रेष्ठ र दाहाललाई अपहरण गरेका थिए । रामेछाप जिल्ला मन्थली आकासे घर भई हाल काठमाडौँ, नयाँ बसपार्कस्थित तनहँु स्याङ्जा पर्वत होटलमा विगत नौ महिनादेखि कोठा लिई श्रेष्ठ बस्दै आएका थिए ।

अपहरणपश्चात अपहृत व्यक्तिको डकुमेन्ट लिन तनहुँ स्याङ्जा पर्वत होटलमा अपहरणकारीले लगेको अवस्थामा श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सकुशल अपहरणमुक्त गर्नुका साथै अपहरणमा संलग्न शक्ति विश्वकर्मा र मदनकृष्ण महर्जनलाई पक्राउ गरेको थियो ।

अपहृत कविता दाहाललाई बागबजारस्थित सो पार्टीको सङ्गठन, राष्ट्रिय युवा जनस्वयम्सेवकको कार्यालयमा बन्धक बनाई राखेर अन्य स्थानमा भगाई लाने क्रममा महाशाखाको प्रहरी टोलीले प्रदर्शनीमार्गबाट उद्धार गरी अपहरणमा संलग्न अन्जु देउला महर्जन र अन्जु भारतीलाई शनिवार नै पक्राउ गरेको हो ।

अपहरण कार्यमा संलग्न चारैजनालाई आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...