नेप्से ८.२३ अंकले बढ्यो, ७३ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच



हाम्रो इकोनोमि

काठमाण्डौं । साताको पहिलो दिन सेयर बजार ८.२३ अंकले बढेको छ भने ७३ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बीमा समूह ८.६९ अंकले घटेको छ भने बाँकी सबै समूह बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः १२.५६, ११.०४, ४.४३, १.८३, २.७, ८.४६ र ०.८७ अंकले बढेका छन् ।

दिनभरीमा १४८ कम्पनीका १५ लाख ८५ हजार कित्ता शेयर किनबेच भएका छन्। प्रभु बैंकको संस्थापक शेयर १२ करोड रुपैयाँ बराबरको किनबेच हुँदा समग्र कारोबार रकम उक्लिएको हो। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनको पाँच करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

रिलायन्स फाइनान्सका शेयरधनीले सबैभन्दा बढी साढे ८ प्रतिशतले सम्पति बढाएका छन्। बढि गुमाउनेमा वर्ल्ड मर्चेन्ट बैंकका शेयरधनी छन्। कम्पनीको सेयर मूल्य करिव १० प्रतिशतले झरेको छ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

    नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।...

भारतमा बजेट भाषण, १२ अर्बभन्दा बढी नेपाललाई अनुदान

    नेपाललाई भारत सरकारले आगामी आर्थिक वर्षमा ७ सय करोड भारतीय रुपैया...

सुनको भाउ तोलाको ३ लाख १८ हजार नाघ्यो

     नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।...