मुश्लिम, थारु र महिलामैत्रीका कारण एमालेप्रति आकर्षण



हाम्रो इकोनोमि

 

 

कपिलवस्तु । कपिलबस्तुको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ले मुश्लिम, थारु र महिलालाई विशेष प्राथमिकता दिएर चुनावी मैदानमा अघि सारेको छ । जसको कारण चुनावको मिति नजिकिदै गर्दा एमालेका उम्मेदवारप्रतिको आकर्षण ह्वात्तै बढेको छ । एमालेले मायादेवी गाउँपालिकाको अध्यक्षमा फौजिया नसिमलाई उम्मेदवार बनाएको छ । मुस्लिम समुदायका महिला बुर्का भित्र बस्नु पर्छ भन्ने पुरानो मान्यतालाई तोड्दै विगत ८ वर्षदेखि राजनीतिमा सक्रिय नसिम अनेमसंघकी जिल्ला समिति सदस्य हुनुहुन्छ । आफूले चुनाव जिते मुस्लिम महिलाहरुको दैनिकी फेर्नेका साथै, गाउँपालिकालाइ समृद्ध बनाउने फौजिया बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘चुनौति पक्कै पनि छ, त्यसैमा पनि म मुस्लिम महिला हो, चुनौतिलाई सामना गर्दा सफलता हासिल गर्न सक्छु ।’ जिल्लाभरीका ५ नगरपालिकामध्ये एक वाणगंगा नगरपालिकाको प्रमुखमा एमालेले विमला घिमिरेलाइ उठाएको छ । बाणगंगा नगरपालिकालाई नमुना नगरपालिका बनाउने उद्घोष गर्दै चुनावी मैदानमा होमिएकी घिमिरे ‘आफ्नो गाउँ आफैं बनाऔ’ं ‘सुखी नेपाली समृद्ध नेपाल ’ जस्ता एमालेका जनप्रीय कामका कारण पनि आफूले चुनाव जित्नेमा ढुक्क भएको बताउनुहुन्छ । १६ वर्षको उमेरबाटै राजनीतमा लाग्नुभएकि घिमिरेले ०४७ सालमा एमालेको संगठिन सदस्य लिनुभएको हो । । त्यस पछि उहाँले पार्टिको जनवर्गिय संगठनहरु अनेरास्ववियु, अनेमसंघ जिल्ला कमिटीमा रहेर काम गर्दै विभिन्न अधिवेशसनहरु बाट अनेमसंघको जिल्ला अध्यक्ष , पार्टीको जिल्ला कमिटी सदस्य, उपसचिव, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, जिल्ला सचिव हुँदै हाल पार्टी केन्द्रीय स्कुल विभाग सदस्य र संघको केन्द्रीय सदस्यको जिम्मेवारी वहन गर्दै आउनु भएको छ । त्यस्तै एमालेले शिवराज नगरपालिकाको उपमेयरमा थारु समुदायकि युवा नेतृ शिवकुमारी थारुलाई उमेदवार बनाएको छ । भारी मतका साथ चुनाव जित्ने विश्वासका साथ निर्वाचनमा होमिनु भएकी थारु आफूलाइ एमालेले ठूलो अवसर प्रदान गरेको बताउनुभयो । आफूले चुनाव जितेमा सधै पछाडि पारिएको थारु समुदायको पिडा र समस्या सम्बोधन गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...