नेतालाई करोडौ दिने,यिनको चै ज्यानै लिने



काठमाडौँ / पहुचवाला सामान्य ज्वरो आएर थालिए राज्यको पैसाको सहायताले उपचारमा विदेश जान्छन तर सामान्य नागरिक बिरामी भए मर्नु पर्ने ब्यध्यता छ । बाजुरामा सुत्केरी व्यथाले थलिएकि महिला जीवन मरणको दोसाधमा छिन तर राज्य पैसा छैन भन्दै उनको मृत्युको खबरको पर्खाईमा छ।

बाजुराको उत्तरी भेगकोे पाण्डवगुफा गाउँपालिका– ३ की फुलटुक्का ढोली सुत्केरी व्यथाले छटपटिएकी छन् ।

उनलाई व्यथा लागेको दुई दिन बित्दा पनि शिशु पाउन सकेकी छैनन् । साबिकको गोत्री गाविसमा रहेको गोत्री स्वास्थ्य चौकी हुनीमहतिमा शिशु पाउन नसकेपछि उनलाई सुत्केरी गराउनका लागि तीन दिनको पैदल यात्रामा रहेको जिल्ला सदरमुकाम मार्तडीमा पठाइएको स्वास्थ्य चौकीले जनाएको छ ।

फुलटुक्काको पाठेघरमा रहेको जाली फुटिसकेको, मुख खुकुलो हुँदै गएको र पेटको कडापन नरम हुँदै गएकाले सुत्केरी हुन समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

गोत्री स्वास्थ्य चौकीबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनका लागि करिब सात घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ ।

उनको उपचारका लागि स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा खबर गर्दा हेलिकप्टर प्रयोग गर्न बजेट नभएको जनाएकाले फुलटुक्काको ज्यान जोखिममा रहेको बताइएको छ । सुत्केरीको ज्यान बचाउनका लागि मन्त्रालयका सचिवसँग हेलिकप्टर उडानका लागि सम्पर्क भइरहेको डा विश्वकर्माले बताउनुभयो ।

यसअघि पनि सुत्केरी व्यथाले च्यापेर शिशु पाउन नसकी समयमै उपचार नहुँदा र यातायातको सहज पहुँच नहुनाले साबिकको गोत्री गाविसकी एक महिलाको मृत्यु भएको थियो । अहिले स्वास्थ मन्त्रालय महिलाकै नेतृत्वमा छ,त्यहाँ किरण रुपाखेती सचिब छिन तर तिनैले महिलाको बिषयमा ध्यान नदिएकोमा सर्बत्र आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट