कामना विकास बैंकको सेयर २५ गतेसम्म भरिसक्नुपर्ने



हाम्रो इकोनोमि

काठमाण्डौं । कामना विकास बैंकले ३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले २४ करोड १३ लाख १३ हजार ७६० रुपैयाँको एक सय अङ्कित दरका २४ लाख १३ हजार एक सय ३७ दशमलव ६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

बैंकको हकप्रदमा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल लाजिम्पाटका साथै कामना विकास बैंकको सम्पुर्ण शाखाहरुबाट आवेदन गर्न सक्नेछन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर,वीरगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढी शाखाहरुबाट समेत लगानीकर्ताले हकप्रदमा आवेदन बुझाउन सक्नेछन् ।

बैंकको हकप्रदमा मंसिर १० गते सम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । असार ११ गते खुला भएको बैंकको हकप्रद साउन १५ गते बन्द हुनेछ ।
हाल बैंकको चुक्ता पूँजी ८० करोड ४३ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी पछि बैंकको चुक्ता पूँजी एक अर्ब चार करोड ५६ लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...