अवैध असुलीका लागि अवरोध



हाम्रो इकोनोमि

भैरहवा । नेपालका लागि सामान लिएर आएका दर्जनौं भारतीय मालबाहक गाडी साताभन्दा बढी समय भारतीय मार्गमा अलपत्र रोकिने गरेका छन् । अवैध रुपमा असुली गर्नका लागि उनीहरुले गाडी त्यसरी रोक्ने गरेका हुन ।

भारतको दिल्ली, राजस्थान, पन्जाब, गुजरात, महाराष्ट्रलगायतका स्थानबाट नेपालका लागि औद्योगिक र व्यापारिक सामान लिएर आएका गाडी रोक्ने गरिएको हो ।

भारतीय प्रहरीको यो व्यवहारले नेपालको भन्सार राजस्व प्रभावित हुनुको साथै समयमै आयातित वस्तु ढुवानी हुन नसक्दा नेपाली आयातकर्ता र व्यवसायी समस्यामा परेका छन् । अवैध असुलीले ढुवानी भाडा दर र गाडी मजदुरको खर्च बढ्ने हु“दा नेपालमा आयातित समानको लागत बढेर मूल्य वृद्धि हुने समेत गरेको छ ।

भैरहवा भन्सार क्लियरिङ एजेन्ट संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले कोतवाली थानाका भारतीय पुलिसले नेपाल आएका मालबाहक गाडीसँग पैसा असुल्न थालेपछि नेपाली आयातकर्ता समस्यामा पर्न जनाएका छन् । पार्किङस्थलसमेत नभएको सुनौली भन्सार कार्यालयमा भन्सार प्रक्रिया पूरा गर्न सडकमै गाडी रोकिँदा व्यस्त सुनौली बजारको मूलसडक गाडीको लाइनले जाम हुने गर्छ ।

त्यहाँ कोतवाली थानामा पैसा दिने गाडी आफ्नोभन्दा पछाडि लाइनमा भएर पनि सबैलाई उछिनेर जान पुलिसले दिने गरेको र पैसा नदिनेलाई लाइनभन्दा अलिकता मात्रै सडकतर्फ गाडीको मुख टेढो भएमा पनि पुलिसले लाठीले प्रहार गर्ने गरेको चालकहरूको गुनासो रहेको छ । उनीहरूका अनुसार, कोतवाली थानामा प्रतिगाडी १ हजारदेखि ४ हजार भारुसम्म गाडी र आयातित सामानको अवस्था हेरेर असुली हुने गरेको छ ।

सामान आयात गरेको गाडी बाटोमा रोकिँदा प्रतिदिन १ हजारदेखि २ हजार ५ सय भारु आयातकर्ताले गाडीवालालाई विलम्ब शुल्क ९डिटेन्सन शुल्क० तिर्नुपर्ने हुन्छ । भारतीय नाकाबन्दी र मधेस आन्दोलनको बेलादेखि कोतवाली थानाले नेपाल आउने गाडीसँग अवैध असुलीको गर्न थालेको गाडी चालकहरुको भनाई रहेको छ । कहिले अवरोध नगर्ने कहिले मौका छोपेर असुलीका लागि अवरोध गर्ने क्रम चल्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...