जेलमा यसरी दिन बिताउदैछन् सुडान काण्डका नाईकेहरु



काठमाडौ । सुडान काण्डमा दोषी ठहर पूर्व २ आइजीपी ओमविक्रम राणा र हेमबहादुर गुरूङ, पूर्व एआजी दीपकसिंह थाङदेन र पू्र्व डीआइजी दीपक श्रेष्ठ डिल्लीबजार कारागारमा दिन कटाईरहेका छन् ।

उनीहरुमध्य आइजीपी ओमविक्रम राणा र हेमबहादुर गुरूङ अहिले लाइब्रेरी कक्षमा सुत्ने ब्यवस्था मिलाईएको छ । नयाँ कैदीलाई सुत्ने ठाउँ नहुने हुँदा उक्त कोठामा पूर्वआइजिपीहरूको सुत्ने कोठा बनाईएको हो । अदालतले भ्रष्टाचारी ठहर गरेपछि बिहीबार आफैँ उपस्थित भई उनीहरू जेल गएका थिए । डिल्लीबजारस्थित कारागारको क्षमता दुई सय २० जनाको हो । तर, जेलमा पाँच सय ७० कैदी–बन्दी छन् ।कारागारको क्षमताभन्दा बढी कैदी भएको कारण त्यहाँ सुत्ने ठाउँको अभाव रहेको छ ।

जसका कारण पूर्वआइजिपीहरू लाइब्रेरी कोठामा सुत्न बाध्य छन् । उनीहरुको दैनीकी गफ गरेरै बित्ने गरेको छ । प्रहरी संगठनमा रहदा पाईने सुविधा जेलमा कहाँ पाईन्छ र रु जेलमा छुट्टै किसिमको नियम हुन्छ । जेलमा रहदा जेलकै नियम पालना गर्नुपर्ने हुन्छ ।

त्यहाँ उनीहरुको चौकीदार खाग तस्करीमा जेल मरेका जेल परेका यामकुमार पुन रहेका छन् । उनले जे भन्यो त्यही मानेर बस्नुपर्ने हुन्छ । जेलभित्रै मेसमा उनीहरू लाइन बसेर खाना खाने गरेका छन् ।

सर्वोच्चले १७ वैशाखमा सुडान भ्रष्टाचार मुद्दाको फैसला गर्दै तीन पूर्वआइजिपी, तीन पूर्वएआइजी र एक पूर्वएसएसपीलाई दोषी ठहर गरेको थियो । फैसलाको सूचना पाएको मितिले दुई महिनाभित्र उपस्थित भएमा छुट हुने प्रावधान छ । दुई महिनाको अवधि ननाघेकाले उनीहरू छुटका लागि चारजना अदालतमा उपस्थित भएका हुन् ।

सर्वोच्चले राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा हेमबहादुर गुरुङलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । राणा ०६३ भदौदेखि ०६५ भदौसम्म तथा गुरुङ ०६५ भदौदेखि फागुनसम्म नेपाल प्रहरीको आइजिपी थिए ।

त्यस्तै, दीपकसिंह थाङदेनलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा दीपककुमार श्रेष्ठलाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरेको थियो । उनीहरू सुडान मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा प्रत्यक्ष संलग्न थिए । सोही मुद्दामा अदालतले दोषी ठहर गरेका पूर्वआइजिपी रमेशचन्द ठकुरी, पूर्वएआइजी श्यामसिंह थापा र पूर्वएसएसपी रवि राणा उपस्थित भएका छैनन् ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले बागमती अघिवेशन : एक हजार ८० जना प्रतिनिधि हुने

    नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा आवासको ब्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने

ढुंगेललाई सर्वसम्मत अध्यक्ष बनाउने संकेत, उपाध्यक्षमा दावा दोर्जे लामाको उम्मेदवारी

    नेकपा एमालेले बागमति प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेललाई संस्थागत रुपमा अघि

एमाले बागमती उपाध्यक्षमा दावा दोर्जे लामाको उम्मेदवारी

    नेकपा एमालेले बागमती प्रदेशको असोज ८ र ९ गते पहिलो अधिवेशन

शिक्षकसँगको वार्ता आज निष्कर्षमा पुग्छ : कानुन मन्त्री गुरूङ

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकहरुका मागमा आज निष्कर्षमा