जेलमा यसरी दिन बिताउदैछन् सुडान काण्डका नाईकेहरु



हाम्रो इकोनोमि

काठमाडौ । सुडान काण्डमा दोषी ठहर पूर्व २ आइजीपी ओमविक्रम राणा र हेमबहादुर गुरूङ, पूर्व एआजी दीपकसिंह थाङदेन र पू्र्व डीआइजी दीपक श्रेष्ठ डिल्लीबजार कारागारमा दिन कटाईरहेका छन् ।

उनीहरुमध्य आइजीपी ओमविक्रम राणा र हेमबहादुर गुरूङ अहिले लाइब्रेरी कक्षमा सुत्ने ब्यवस्था मिलाईएको छ । नयाँ कैदीलाई सुत्ने ठाउँ नहुने हुँदा उक्त कोठामा पूर्वआइजिपीहरूको सुत्ने कोठा बनाईएको हो । अदालतले भ्रष्टाचारी ठहर गरेपछि बिहीबार आफैँ उपस्थित भई उनीहरू जेल गएका थिए । डिल्लीबजारस्थित कारागारको क्षमता दुई सय २० जनाको हो । तर, जेलमा पाँच सय ७० कैदी–बन्दी छन् ।कारागारको क्षमताभन्दा बढी कैदी भएको कारण त्यहाँ सुत्ने ठाउँको अभाव रहेको छ ।

जसका कारण पूर्वआइजिपीहरू लाइब्रेरी कोठामा सुत्न बाध्य छन् । उनीहरुको दैनीकी गफ गरेरै बित्ने गरेको छ । प्रहरी संगठनमा रहदा पाईने सुविधा जेलमा कहाँ पाईन्छ र रु जेलमा छुट्टै किसिमको नियम हुन्छ । जेलमा रहदा जेलकै नियम पालना गर्नुपर्ने हुन्छ ।

त्यहाँ उनीहरुको चौकीदार खाग तस्करीमा जेल मरेका जेल परेका यामकुमार पुन रहेका छन् । उनले जे भन्यो त्यही मानेर बस्नुपर्ने हुन्छ । जेलभित्रै मेसमा उनीहरू लाइन बसेर खाना खाने गरेका छन् ।

सर्वोच्चले १७ वैशाखमा सुडान भ्रष्टाचार मुद्दाको फैसला गर्दै तीन पूर्वआइजिपी, तीन पूर्वएआइजी र एक पूर्वएसएसपीलाई दोषी ठहर गरेको थियो । फैसलाको सूचना पाएको मितिले दुई महिनाभित्र उपस्थित भएमा छुट हुने प्रावधान छ । दुई महिनाको अवधि ननाघेकाले उनीहरू छुटका लागि चारजना अदालतमा उपस्थित भएका हुन् ।

सर्वोच्चले राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा हेमबहादुर गुरुङलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । राणा ०६३ भदौदेखि ०६५ भदौसम्म तथा गुरुङ ०६५ भदौदेखि फागुनसम्म नेपाल प्रहरीको आइजिपी थिए ।

त्यस्तै, दीपकसिंह थाङदेनलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा दीपककुमार श्रेष्ठलाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरेको थियो । उनीहरू सुडान मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा प्रत्यक्ष संलग्न थिए । सोही मुद्दामा अदालतले दोषी ठहर गरेका पूर्वआइजिपी रमेशचन्द ठकुरी, पूर्वएआइजी श्यामसिंह थापा र पूर्वएसएसपी रवि राणा उपस्थित भएका छैनन् ।

 

 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...