तीन अर्बको शेयर कारोबार



हाम्रो इकोनोमि

काठमाडौँ । धितोपत्र बजारमा यससाता रु दुई अर्ब ९६ करोड १९ लाख २० हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६४ कम्पनीको ५२ लाख ९२ हजार ६० कित्ता सेयर खरिद बिक्री भएको हो ।

कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव शुन्य दुई प्रतिशतले कम रहेको छ । गत साता १६१ कम्पनीको ४९ लाख आठ हजार ६० कित्तासेयर रु दुई अर्ब ९६ करोड २५ लाख २२ हजारमा खरिद बिक्री भएको थियो ।

स्टककाअनुसार यस साता ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ७६ अङकले घटेर ३३० दशमलव ९ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको रु ३० करोड छ लाख ८० हजार बराबरको सेयर कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा प्रभु बैंक अग्रस्थनामा रहेको छ । सो बैंकको सात लाख ८० हजार कित्ता सेयर कारोबार भएको थियो । यस साता विभिन्न ६ कम्पनीका बोनस र हकप्रद सेयर स्टकमा सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...