चिट चोराउन भाडामा शिक्षक



काठमाण्डौं । रौतहटका शिक्षकले कक्षा कोठामा पढाउने मात्रै काम गर्दैनन्, परीक्षाका बेला विद्यार्थीलाई चिट चोराउने जिम्मा पनि लिन्छन् । उनीहरुले यो जिम्मेवारी लिएसँगै यस वर्ष लिइएको कक्षा १२ र जारी कक्षा ११ को परीक्षामा अधिकांश परीक्षार्थीले मोबाइल प्रयोग गरी चोरी गर्दै आएका छन् ।

केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र अनुगमनमा खटिएका कर्मचारीहरुले यो कृयाकलाप देखेर पनि नदेखेको जस्तो गर्दै आएका छन् । परीक्षार्थीसंग मोटो रकम लिएर परीक्षामा पास गराउने जिम्मा लिएका शिक्षा माफियाले भाडामा ल्याएका विषय शिक्षकलाई परीक्षा केन्द्र बाहिर गोप्य स्थानमा नेट चल्ने मोबाइल र गाइड तथा गेस पेपरका साथ राख्छन् ।

केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्षसंगको तालमेलमा परीक्षार्थीको गाइड, गेसपेपर तथा मोबाइल केन्द्र भित्रै छिराउने गरेका छन् । प्रश्न पत्र पाउनासाथ परीक्षार्थीले त्यसको फोटो खिचेर म्यासेन्जर मार्फत बाहिर बसेका भाडाका शिक्षकलाई पठाउँछन् । ती शिक्षकले प्रश्नको उत्तर गाइड तथा गेस पेपरमा खोजी पेज नम्बर म्यासेज गर्छन् वा उत्तर लेखि फोटो खिचेर म्यासेन्जरमा पठाउँछन् श्रोतले भन्यो, यसरी परीक्षार्थीले मोबाइलबाटै सबै प्रश्नको उत्तर पाउँछन् र लेख्छन् ।

मोबाइल प्रयोग गरी व्यापकरुपमा चोरी हुँदा समेत अनुगनम गर्ने निकायले चोरी नियन्त्रण गर्न सक्रियता देखाएको छैन । परीक्षा अबधीभर आकल झुकल मात्रै परीक्षा केन्द्र पुग्ने अनुगमनकारीले एउटा केन्द्रमा बढीमा १० मिनेट मात्रै समय दिने गरेको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड तथा जिल्ला शिक्षा कार्यालयले समेत कक्षा १२ र ११ को परीक्षामा खासै चोसो देखाएका छैनन् । जिल्लाको भित्री भागमा सञ्चालित परीक्षा केन्द्रमा त एक पटक पनि अनुगमन नभएको अभिभावक बताउँछन् ।

केन्द्राध्यक्ष उत्तर पुस्तिकामा हस्ताक्षर गर्न बाहेक दोह¥याएर परीक्षा कक्षमा जाँदैनन् । कसै कसैले त परीक्षा पछि मात्रै उत्तरपुस्तिकामा हस्ताक्षर गर्ने गरेको पनि पाइएको छ । केन्द्राध्यक्षको यस्तो कृयाकलाप परीक्षार्थीलाई चोर्न सघाउनु होु चपुरका सूर्य थापा भन्छन्, यो सबै कृयाकलापमा मिलेमतो छ, कस्लाई पो गुनासो गर्नु र रुु शिक्षक तथा केन्द्र सञ्चालक नै चोरी गराउन संलग्न हुनु विडम्बना भएको गौरका शिक्षा प्रेमी गौतम श्रेष्ठ बताउँछन् ।

जिल्लाको शैक्षिक स्तर खस्केको भन्दै चिन्ता त गर्छौ तर, यस्ता कृयाकलापले कसरी स्तर बढाउला ? उनको प्रश्न छ ।

साभार: एडुखबरडटकम

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधबार राति राष्ट्रका नाममा

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

    चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

  मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल