प्रचण्डलाई निशाना बनाएर कसले हान्यो बम, यसरी जोगिए प्रचण्ड
कैलाली / माओबादी नेता लेखराज भट्टको घरमा बास बसेका प्रचण्ड लाई तर्साउन बम प्रहर भएको छ। भट्टको घर बाट ५०० मिटरको दुरीमा बम बिष्फोट भएको हो। कैलालीको गोदावरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका प्रत्याशी गोकर्ण भट्टको निवासमा गए राति अज्ञात समूहले बम विस्फोट गराएको थियो।
उम्मेदवार भट्ट लेखराजका भाई हुन् । आज बिहान ३ बजे सुतली बम बिष्फोट भएको प्रहरीले जनाएको छ। चुनाबी अभियानका क्रममा प्रचण्ड त्यहाँ पुगेका थिए । प्रहरीका अनुसार बम प्रहर बाट कुनै क्षती नभएको प्रहरीले जनाएको छ । प्रचण्ड लाई तर्साउने उदेश्यले बम प्रहार भएको शंका गरिएको छ।