नारायणगढ मुग्लिन सडक आज दिनभर बन्द



हाम्रो इकोनोमि

काठमाण्डौं । नारायणगढ मुग्लिन सडक खण्ड आज दिनभर पनि खुल्ने बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाले सो सडक हुँदै ओहर दोहर गर्ने गाडीहरुलाई वैकल्पिक मार्ग अपनाउन अपिल गरेको छ । सो सडकको चार किलो र कालिखोलामा गएको पहिरोका कारण रातिदेखि नै बाटो अवरुद्ध भएको हो ।

कालिखोलामा पहिरोले प्रहरीको भ्यानसमेत पुरेको छ । भ्यानमा रहेका चारजना प्रहरीमध्ये दुईजनाको शब फेला परेको छ । बाँकी दुईजनाको अवस्था अज्ञात छ । सडकदेखि तल त्रिशुली नदी किनारसम्मै पहिरो खसेको छ । ‘पहिरोमा हराई रहेको गाडी र प्रहरीहरु हुन सक्ने भएका कारण सिधै त्रिशुली तर्फ सडकमा थुप्रिएको माटो फाल्न पाईएको छैन ।

सडकमा थुप्रिएको माटो र ढुंगाहरु ट्रिपरमा राखेर अन्यत्र लैजाँदै फाल्नु परेका कारण पहिरो हटाउन समय लाग्ने आयोजानका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले बताए । चार किलोमा भने पहिरो सफा गर्ने काम सकिन एकाध घण्टा मात्रै लाग्ने उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नम्बरको महेन्द्र पिकअप भ्यानमा चढेर प्रहरीहरु बिहीबार राति चार किलोमा भएको पहिरो खुलाउन गएका थिए ।

पहिरो सफा गरेर एक बजे मुग्लिन फर्कदै गर्दा कालिखोला नजिक अर्कै पहिरोमा परेर उनीहरु चढेको गाडी वेपत्ता भएको हो । प्रहरीको भ्यानसँगै ना ५ ख ७८२७ नम्बरको मालबहाक ट्रक पनि पहिरोमा परेको थियो । सो ट्रक त्रिशुली नदी किनारमा पुगेको छ । चालक रामकुमार लामाको अवस्था सामान्य छ । सहचालक सानु ब्लन घाइते छन् । उनको अवस्था मध्यम छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...