प्रतिभै प्रतिभाले भरिएकी सिर्जना



हाम्रो इकोनोमि

काठमाण्डौं ।  सुन्दर र बहुप्रतिभाकी धनी २१ बर्षिय सिर्जना लामा १ बर्ष अगाडीबाट मात्र म्युजिक भिडियोमा अभिनय गर्न थालेकी हुन् । उनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। सानै देखी नित्यमा रुचि भएकी उनको अभिनयले धेरैको मन लोभ्याएको छ।

धादिङको बेलटारमा जन्मिएकी उनले चोखो माया, टेस्टी दर चाहीयो, हङकङ सारी फरर पारी, नजानेर गल्ती गरें, कलीयुगको चोखो माया जस्ता म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनी डान्स प्रशिक्षक पनि हुन् । धादिङकै पाविल बोडिङ स्कुलमा विद्यार्थीलाई नाच्न सिकाउँछिन्।

परिवारको पुर्ण समर्थनमा यो क्षेत्रमा लागेकी उनले म्युनिक भिडियोमा अभिनय मात्र नभएर फेसन डिजाईनर पनि हुन् । उनी मेला नामक फिल्ममा नायिकाको सहागोगी भुमिकामा पनि छिन् । मेला फिल्मको फेसन डिजाईनर उनी आफैं हुन्।

ब्याचलर दोस्रो बर्षमा अध्ययनरत लामा अहिले ”तातो माथि पिरो” टेलीश्रृखलाको काममा व्यस्त छिन् । हरेक काम गर्दा परिवारको साथ र सहयोग भएमा मात्र अगाडि बढ्न सकिने बताउने लामा यही क्षेत्रबाट नै आफु सन्तुष्ट रहेको बताउँछिन् । उनी  भन्छिन् – ”म्युजिक भिडियो र टेलीश्रृखलामा अभिनय गरेर नै आफ्नो भविष्य अगाडी बढाउन चाहन्छु ।”

रमिला खतिवडा

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...