लक्ष्मी बैंकको नबिकेको हकप्रद सेयर लिलाममा आउँदै



हाम्रो इकोनोमि

काठमाडौं । लक्ष्मी बैंकले नबिकेको हकप्रद सेयर असार १६ देखि २३ सम्म बिक्रीका लागि शिलबन्दी बोलपत्रको आह्वान गरेको छ।

बैंकले गत बैशाख ३ देखि जेठ ७ सम्म तीन करोड १५ लाख ९० लाख कित्ता हकप्रद निष्काशन गरको थियो। बैंकले जारी गरेको मध्ये सर्बसाधारण समुह तर्फ तीन लाख ९४ हजार ९३९ कित्ता सेयर बिकेको थिएन ।

बैंकले बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ता र त्यसमाथि १० ले भाग जाने गरि आवेदन दिन सकिने जनाएको छ। बैंकले प्राप्त शिलबन्दी बोलपत्रहरु असार २५ गते लक्ष्मी बैंक हात्तिसारमा खोलिने जनाएको छ। बैंकको नविकेको हकप्रद लिलाम गरि सकेपछि चुक्ता पूँजी ६ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ।

साथै बैंकको गत चैतसम्ममा जगेडा कोषमा ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले बोनश शेयर दिँदा चुक्ता पूँजी राष्ट्र बैंकले तोके बमोजिम आठ अर्ब रुपैयाँ पुग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...