लक्ष्मी बैंकको नबिकेको हकप्रद सेयर लिलाममा आउँदै



हाम्रो इकोनोमि

काठमाडौं । लक्ष्मी बैंकले नबिकेको हकप्रद सेयर असार १६ देखि २३ सम्म बिक्रीका लागि शिलबन्दी बोलपत्रको आह्वान गरेको छ।

बैंकले गत बैशाख ३ देखि जेठ ७ सम्म तीन करोड १५ लाख ९० लाख कित्ता हकप्रद निष्काशन गरको थियो। बैंकले जारी गरेको मध्ये सर्बसाधारण समुह तर्फ तीन लाख ९४ हजार ९३९ कित्ता सेयर बिकेको थिएन ।

बैंकले बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ता र त्यसमाथि १० ले भाग जाने गरि आवेदन दिन सकिने जनाएको छ। बैंकले प्राप्त शिलबन्दी बोलपत्रहरु असार २५ गते लक्ष्मी बैंक हात्तिसारमा खोलिने जनाएको छ। बैंकको नविकेको हकप्रद लिलाम गरि सकेपछि चुक्ता पूँजी ६ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ।

साथै बैंकको गत चैतसम्ममा जगेडा कोषमा ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले बोनश शेयर दिँदा चुक्ता पूँजी राष्ट्र बैंकले तोके बमोजिम आठ अर्ब रुपैयाँ पुग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...