भारतीय अण्डासँगै भित्रियो बर्डफ्लु



हाम्रो इकोनोमि

वीरगन्ज । भारतीय बजारबाट अण्डा भित्रिएपछि नेपालमा बर्डफ्लुको जोखिम बढेको छ । वार्षिक रु १५ करोड मूल्यभन्दा बढीको अण्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको हो ।

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर तथा नेपाली नाका मटिहर्वा, कबैगोठ, सीमरौनगढ, कचोर्वालगायत नाकाबाट तस्करले साइकल, मोटरसाइकल र जिपमा ठूलो परिमाणमा सेतो अण्डा तस्करी गरी बाराको ग्रामीण भेगका बजारमा पुर्‍याउने गरेका छन् ।

जिल्ला पशुसेवा कार्यलय बाराका वरिष्ठ पशु विकास अधिकृत डा देवनन्नदन साह सुरक्षाकर्मीको लापरबाहीका कारण भारतीय अन्डा नेपाल भित्रिने गरेको बताएका छन् । तस्करले क्वारेन्टाइन चेक पोस्टमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई मासिक रुपमा घुस खुवाउने गरेकाले अण्डा तस्करी हुने गरेको नेपाली व्यापारीको आरोप छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपाने भने सीमा नाकामा व्यापक कडाइ गर्दै आएको बताउछन् । सरकारले भारतीय अण्डा आयातमा रोक लगाएको छ।

 

प्रतिक्रिया दिनुहोस
आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

    नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्रीको खोजी गर्दै संसद्‍मा नाराबाजी

    विपक्षी सांसदहरूले संसद्‍मा प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी गरेका छन् । प्रधानमन्त्री...

भाग्दै गर्दा सिन्धुलीबाट पक्राउ परेका थिए ज्योति पाण्डे

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले ठगी तथा आपराधिक विश्वासघातको...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

    प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले हंगामा सिर्जना गरेका छन् । प्रधानमन्त्री वालेन्द्र...