भारतीय अण्डासँगै भित्रियो बर्डफ्लु



वीरगन्ज । भारतीय बजारबाट अण्डा भित्रिएपछि नेपालमा बर्डफ्लुको जोखिम बढेको छ । वार्षिक रु १५ करोड मूल्यभन्दा बढीको अण्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको हो ।

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर तथा नेपाली नाका मटिहर्वा, कबैगोठ, सीमरौनगढ, कचोर्वालगायत नाकाबाट तस्करले साइकल, मोटरसाइकल र जिपमा ठूलो परिमाणमा सेतो अण्डा तस्करी गरी बाराको ग्रामीण भेगका बजारमा पुर्‍याउने गरेका छन् ।

जिल्ला पशुसेवा कार्यलय बाराका वरिष्ठ पशु विकास अधिकृत डा देवनन्नदन साह सुरक्षाकर्मीको लापरबाहीका कारण भारतीय अन्डा नेपाल भित्रिने गरेको बताएका छन् । तस्करले क्वारेन्टाइन चेक पोस्टमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई मासिक रुपमा घुस खुवाउने गरेकाले अण्डा तस्करी हुने गरेको नेपाली व्यापारीको आरोप छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपाने भने सीमा नाकामा व्यापक कडाइ गर्दै आएको बताउछन् । सरकारले भारतीय अण्डा आयातमा रोक लगाएको छ।

 

प्रतिक्रिया दिनुहोस
किट कलेजका ९५ नेपाली विद्यार्थी घर फर्किए

    भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर

भावी पुस्ताले बिर्सन नमिल्ने दिन फागुन ७ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेले शासनको स्वरूपमात्र नभई सबै

अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही