झिनो अंकले बढ्यो नेप्से, ६७ करोड १८ लाख रुपैयाँको सेयर कारोबार



हाम्रो इकोनोमि

काठमाण्डौं। साताको अन्तिम दिन बिहीबार सेयर बजार बढेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि वृद्धि भएको छ । ४.८० अंकको बढोत्तरीसँगै नेप्से सूचक १५५९.४९ अंकमा पुगेको हो।

बिहीबार १३९ कम्पनीका १५ लाख ७७ हजार कित्ता सेयर ६७ करोड १८ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। आज सबैभन्दा बढि प्रभु बैंकको संस्थापक सेयर खरीदबिक्री भएको छ। १९० रुपैयाँ प्रति कित्ताका दरले १४ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। यसपछि एभरेष्ट बैंक चार करोड १५ लाख रुपैयाँको किनबेच भएको छ।

आठ समुहको कारोबारमा सात समुहमा वृद्धि देखिएको छ भने बीमा ३३.७५ अंकले घटेको छ। बैंक ६.०१, होटल १९.८६, बिकास बैंक ११.३६, जलबिद्युत १२.७३, फाइनान्स ३.८४, उत्पादनमुलक ३.४९ र अन्य ०.२९ अंकले बढेको छ।

युनाइटेड फाइनान्सका शेयरधनीले सबैभन्दा बढी ६ प्रतिशत कमाएका छन् भने सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले करिब सात प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...