झिनो अंकले बढ्यो नेप्से, ६७ करोड १८ लाख रुपैयाँको सेयर कारोबार



हाम्रो इकोनोमि

काठमाण्डौं। साताको अन्तिम दिन बिहीबार सेयर बजार बढेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि वृद्धि भएको छ । ४.८० अंकको बढोत्तरीसँगै नेप्से सूचक १५५९.४९ अंकमा पुगेको हो।

बिहीबार १३९ कम्पनीका १५ लाख ७७ हजार कित्ता सेयर ६७ करोड १८ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। आज सबैभन्दा बढि प्रभु बैंकको संस्थापक सेयर खरीदबिक्री भएको छ। १९० रुपैयाँ प्रति कित्ताका दरले १४ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। यसपछि एभरेष्ट बैंक चार करोड १५ लाख रुपैयाँको किनबेच भएको छ।

आठ समुहको कारोबारमा सात समुहमा वृद्धि देखिएको छ भने बीमा ३३.७५ अंकले घटेको छ। बैंक ६.०१, होटल १९.८६, बिकास बैंक ११.३६, जलबिद्युत १२.७३, फाइनान्स ३.८४, उत्पादनमुलक ३.४९ र अन्य ०.२९ अंकले बढेको छ।

युनाइटेड फाइनान्सका शेयरधनीले सबैभन्दा बढी ६ प्रतिशत कमाएका छन् भने सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले करिब सात प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...