बैंकको १८ लाख ३ हजार कित्ता सेयर आउँदै



हाम्रो इकोनोमि

काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंकले असार २५ देखि ६९.३३५ हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले ३ः२.०८ अनुपातमा (प्रत्येक ३ कित्ता बराबर थप २.०८) कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यको १८ लाख ३ हजार २४७ कित्ता बिक्री गर्नेछ । यो हकप्रद सेयर साउन २९ गतेसम्म भर्न पाइनेछ ।

हकप्रद निष्कासनपछि अल्पाइनको चुक्ता पुँजी ४४ करोड ४ लाख रुपैयाँ हुनेछ । अल्पाइन डेभलपमेन्ट बैंकको मुख्य कार्यालय हेटौडा–४ मेनरोड मकवानपुर तथा शाखा कार्यालय साँगा काभे्रपलान्चोक र नारायणगढ चितवनबाट आवेदन दिन सकिने छ । त्यस्तै, एनएमबि बैंकको उपत्यका भित्रका शाखा कार्यालयहरु सितापाइला, कलंकी, चावहिल, बसुन्धारा, कुमारीपाटी र सूर्यविनायकबाट आवेदन दिन सकिनेछ ।

यसैगरी, उपत्यकाबाहिर तीनदोबाटो बनेपा, ट्राफिकचोक बुटवल, महेनद्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्करोड धनगढी, न्युरोड पोखरा, आदर्शनगर वीरगञ्ज, भानुचोक जनकपुर, नारायणगढ चितवन र विर्तामोड झापा शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...