गलकोट समाज जापानमार्फत विद्यालय बनाउन सहयोग



बाग्लुङ । जिल्लाको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन् ।

गलकोट समाज जापानमार्फत रामेछापको सुनपातीस्थित जागृत आधारभूत विद्यालयमा नयाँ भवन बन्न लागेको हो । रु २५ लाखको लागतमा बन्ने चारकोठे पक्की भवनको निर्माण कार्य आगामी दसैँसम्म पूरा हुने जनाइएको छ ।सामाजिक उत्तरदायित्व सम्झेर भूकम्प प्रभावित ठाउँमा पुगी विद्यालय भवन बनाउन लागिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।

गत अङ्ग्रेजी नयाँ वर्षमा जापानमा विभिन्न सहरमा गरिएको साङ्गीतिक कार्यक्रमबाट जुटेको रकम विद्यालय निर्माणमा खर्च हुने उहाँको भनाइ छ । भवन नभएपछि बालबालिकाले खुल्ला चउरमा पढ्न बाध्य भएको अवस्था थाहा पाएपछि समाजले भवन बनाउने तत्परता देखाएको हो । समाजले शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

गलकोट समाज अहिले जापानलगायत अन्य १२ विदेशी मुलुकमा स्थापना भइसकेको छ । नेपालमा पनि गलकोट समाज काठमाडौँ, पोखरा, बागलुङ र गलकोटमा क्रियाशील छ ।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री