चुडामणीका मतियार देखाउनुहोस,अख्तियारको पुरस्कार लैजानुहोस



काठमाडौँ । कर आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीद्वय लुम्बध्वज महत र उमेशप्रसाद ढकालको विषयमा जानकारी दिनेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उचित पुरस्कारको घोषण गरेको छ।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माका मतियारका रुपमा चिनिएका दुवै फरार छन्। अख्तियारले दुवै लाई समातेर बुझाउन एक हप्ता अघी मात्र प्रहरी लाइ पत्राचार गरेको थियो।

 

बिहीबार प्रकासित गोरखापत्र दैनिक पत्रिकाको पहिलो पृष्ठमा सार्वजनिक सूचना प्रकासित गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजद्धयले अख्तियारको सूचनाको बेवास्ता गरी फरार रहेकाले पक्राउका निम्ति सूचना दिई सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो।
यद्यपि आयोगले उनीहरुकोबारेमा जानकारी दिनेलाई के कस्तो पुरस्कार दिने भन्ने विषयमा कुनै उल्लेख छैन्।
आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीद्वय महत र ढकालले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा अख्तियारमा उपस्थित हुन सूचना जारी गरेपछि फरार रहेका छन्।

‘सर्लाही हरिऔन गाविस–९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस–५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ।

फरार महत र ढकाललाई पक्राउ गर्न सूचना दिई सहयोग गर्ने सर्वसाधारणलाई उचित पुरस्कारको व्यवस्था अख्तियारले गरेको जनाउँदै उनीहरुलाई देख्ने वा फेला पार्ने जो सुकैले अख्तियारको सिधा टेलिफोन नम्बर १०७ वा नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेको छ।

भ्रष्टाचार मुद्दाको अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै अख्तियारले यस्तो अनुरोध गरेको सम्भवतः यो पहिलो घटना हो।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय