किन रोकिए भारतमै नेपाली ग्यास बुलेट



काठमाडौँ । एक्सप्लोसिभ लाइसेन्स ” विष्फोटबाट खतरामुक्त” प्रमाणित गर्न सरकारले समयमै प्रक्रिया नथाल्दा लामो समयदेखि बुलेट भारतमै रोकिएको खुलासा भएको छ ।

सरकारको उदासीनताका कारण निजी क्षेत्रको लगानी रहेका नेपाली नम्बरका ग्यास बुलेट भारतमै अलपत्र परेका हुन् ।
५ अर्ब लगानीमा निजी उद्योगीले ७ सय ७५ बुलेट भारतमा निर्माणका लागि ‘अर्डर’ गरेको थियो । ४ सय बुलेट निर्माण भइसकेका र बाँकी निर्माणको क्रममा रहेको जनाइएको छ । सात महिनाअघि दुईवटा बुलेट नेपाल भित्रिएको थियो ।

नेपाली नम्बरका बुलेटमार्फत ग्यास आयात गर्न पहिले यी बुलेटहरू विष्फोटनको खतरामुक्त रहेको प्रमाणित गर्नुपर्दछ । तर, लामो समयदेखि भारत सरकारले यसको प्रमाणित नगर्दा बुलेट उतै रोकिएका हुन् । भारतले ९ महिनादेखि नेपाली बुलेटले मागेको अनुमति रोकेर आफ्ना बुलेटवाला ट्रान्सपोर्टरलाई संरक्षण गरिरहेको व्यवसायीको आरोप छ ।

“ग्यासमा विष्फोटको खतरामुक्त प्रमाणित गर्नका लागि पटकपटक सम्बन्धित निकायलाई जानकारी गरायौं,” नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने, “सरकारले समयमा विष्फोटक प्रमाणित गर्नका लागि पहल नगर्दा लामो समयदेखि नेपाली लगानीका ग्यास बुलेट भारतमै रोकिएका छन् ।”

भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यास आयात गर्नका लागि ‘एक्स्प्लोसिभ’ विभागबाट विष्फोटक प्रमाणित गरेको अनुमति आवश्यक पर्ने यसका लागि दुवै मुलुकका सरकारबीच छलफल गर्नुपर्ने भए पनि अहिलेसम्म कुनै पहल नहुँदा ग्यास भित्र्याउन नसकेको हो ।
ग्यास बुलेट विष्फोटनमुक्त प्रमाणित गर्न दुई देशका सरकारीस्तरबाट पहल गर्नुपर्ने भए पनि नेपाली पक्षले पर्याप्त चासो दिन नसकेको व्यवसायीको दुःखेसो छ ।

भारतका साढे ५ सयभन्दा बढी बुलेटले अहिले नेपालमा ग्यास ढुवानी गरिरहेका छन् । नेपाल आयल निगमले भारतीय ग्यास बुलेट विस्थापन गर्ने निर्णय गरेपछि त्यसैको प्रतिक्रियास्वरुप भारतले नेपाली बुलेटलाई बिष्फोटको खतरामुक्त रहेको ‘एक्स्प्लोसिभ सर्टिफिकेसन’ नगरेको उच्च अधिकारीको भनाइ छ । यस्तो प्रमाणित नभएसम्म भारतीय आयल कर्पोरेसनले ग्यास बुलेट र ट्यांकरमा तेल तथा ग्यास भर्दैन ।

 

प्रतिक्रिया दिनुहोस
नेप्से- ४५ अंकले वृद्धि, सवा ५ अर्ब कारोबार

    शेयर बजारमा रौनक फर्किएको छ । बजार साताकाे पहिलाे कराेबार दिन

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    काठमाण्डौ,प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट

चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता

    प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, बसुन्धरा स्थित चिरायु नेशनल