आजदेखी सरकारले ट्याक्सी बाड्न थाल्यो,कुन जिल्लाकाले कहिले पाउछन ?



काठमाडौँ / सरकारले भुकम्प प्रभावित परिवारलाई सहुलियतमा उपलब्ध गराउने गरी ट्याक्सी नम्बर वितरण प्रक्रिया सुरु गरेको छ। ललितपुरको च्यासलस्थित फुटबल मैदानमा बुधबार गोलाप्रथाद्धारा भुकम्प प्रभावितका परिवारलाई ट्याक्सी नम्बर वितरण कार्यको सुरुवात गरिएको हो।

पहिलो दिन काभ्रे, नुवाकोट र रामेछापका भुकम्प प्रभावितलाई ट्याक्सी नम्बर वितरण गर्न लागिएको हो।

त्यसैगरी बिहीबार दोलखा, सिन्धुली र सिन्धुपाल्चोक तथा शुक्रबार काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, गोरखा, रसुवा, मकवानपुर र ओलढुङ्गाा जिल्लाका भुकम्प पीडित परिवारका लागि वितरण गरिने छ।

सरकारले २०७२ साल बैशाखमा आएको भुकम्पबाट प्रभावित १४ जिल्लाका परिवारलाई सहुलियतमा ट्याक्सी उपलब्ध गराउने घोषणा गरेको थियो।

सरकारको यो निर्णय अनुसार काभ्रेका २ सय १, नुवाकोटका १ सय २५, रामेछापका १ सय ६५, दोलखाका २ सय १४, सिन्धुलीका ४६, सिन्धुपाल्चोकका २ सय ५३, काठमाण्डौका ९५, ललितपुरका ७२, भक्तपुरका ४३, मकवानपुरका ३१, धादिङका १ सय १७, ओखलढुगाका ३०, गोरखाका ७८ र रसुवाका ३० भुकम्प प्रभावित परिवारले ट्याक्सी नम्बर पाउने छन्।

सरकारी निर्णय अनुसार यातायात व्यवस्था विभागले ती जिल्लामा १५ सय वटा ट्याक्सी नम्बर वितरण गर्न साउन ५ देखि भदौ ५ गते सम्म निवेदन आव्हान गरेको थियो। १ लाख ५१ वटा आवेदन मध्येबाट विभागले १ लाख ४९ हजार ५ सय ५१ जनाको नाम सुचीमा निकालेको थियो। आवेदकको संख्या बढेपछि सरकारले गोलाप्रथाबाट १५ सय ट्याक्सी नम्बर वितरण गर्न लागेको हो। विभागका अनुसार नम्बर पाएपछि भुकम्प प्रभावितहरु आफैले पैसा तिरेर किन्ने वा बैक मार्फत किन्ने भन्ने निर्णय स्वयंले गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको