सानिमा र सिद्धार्थ बैंकको सेयर लिलामीमा



काठमाडौं। सानिमा बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकले नबिकेको हकप्रद लिलामीमा बिक्रि गर्ने भएको छ।

सानिमा बैंकले नबिकेको २ लाख ११ हजार ४७ कित्ता सर्बसाधारण शेयर खरीदका लागि असार १५ देखि २२ सम्म बोलपत्र आह्वान गरेको छ।

सानिमा बैंकले बैशाख १७ देखि जेठ २१ सम्म चुक्ता पूँजीको ३० प्रतिशत हुन आउने एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद बिक्री खुल्ला गरेको थियो। बैंकले न्युनतम १०० कित्ता तथा न्युनतम १०० रुपैयाँमा बोलपत्र आह्वान गरेको छ।अधिकतम जति पनि गर्न सक्ने बताएको छ। बोलपत्र असार २३ गते दिउसो २ बजे सिविआएल क्यापिटल डिल्लिबजारबाट खोल्ने जनाएको छ।

त्यस्तै सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि नबिकेको संस्थापक समुहतर्फ ४ लाख ५ हजार ८८८ कित्ता र सर्बसाधारण समुहतर्फ ४ लाख ५१ हजार ५४८ कित्ता शेयर लिलाम बाट बिक्री गर्ने भएको छ।

बैंकले गत बैशाख ७ देखि जेठ १० सम्म चुक्ता पूँजीको ६० प्रतिशत बराबर ८० लाख १५ हजार कित्ता हकप्र शेयर बिक्री खुल्ल गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सहकारीको बचतमा तोकियो नयाँ मापदण्ड

    बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूका लागि नयाँ मापदण्ड जारी

नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर

    प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा

नेपाल स्टक एक्स्चेन्जमा चुडामणि चापागाईं नियुक्त

    नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका

३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्तालाई ५० प्रतिशत छुट

    सरकारको पूर्ण स्वामित्व रहेको नेपाल विद्युत् प्राधिकरणले गरिब जनताका लागि विद्युत्