प्रहरी दमन रोक्न राजपाको माग, ठाकुरको हात समाउदै के भने देउवाले?



काठमाडौँ / राष्ट्रिय जनता पार्टी नेपालले आफूहरुले सञ्चालन गरेको आन्दोलनमा राज्यले दमन गर्दै आफ्ना कार्यकताहरु पक्राउ गरेको भन्दै सरकारसँग राष्ट्रिय जनता पार्टी नेपालले आफूहरुले सञ्चालन गरेको आन्दोलनमा दमन गरेकोमा विरोध जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आन्दोलनमा भएको सरकारी दमनबारे जानकारी दिँदै यसलाई रोक्न आग्रह गरेका थिए। ठाकुर आक्रामक भए पछी देउवाले हात समातेर सबै मिलाउने बचन दिए।

 

स्थानीय तह निर्वाचनको विषयमा प्रधानमन्त्रीसँग कुनै कुरा नभएको उल्लेख गर्दै राजपा अध्यक्ष मण्डलका नेता अनिल झाले भने, ‘हामीले राखेको विषयबारे आजै बस्ने राष्ट्रिय सुरक्षा समितिको बैठकमा कुरा राख्ने जानकारी दिनुभयो।’संविधान संशोधन, स्थानीय तहको संख्या बृद्धि, मधेस आन्दोलनका क्रममा मारिएका सबैलाई शहिद घोषणा, झुट्टा मुद्दामा पक्राउ परेका कार्यकर्ताको रिहाई, नागरिकको जनधनको क्षतिपूर्ति लगायतका माग पूरा नभएको भन्दै राजपाले स्थानीय तह निर्वाचन बहिष्कारको घोषणा गर्दै आन्दोलनमा उत्रिएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय