कति ठाउँ दलित मात्र निर्बिरोध निर्वाचित भए ?



हाम्रो इकोनोमि

काठमाडौँ/ दोस्रो चरणको स्थानीय तहको चुनावमा निर्बिरोध निर्वाचित हुनेमा दलित अग्र भागमा छन् । अहिले सम्मको तथ्यांक आनुसार बझांगको कडा गाउँपालिकामा–५ एमालेको प्यानल बिजयी भएको छ । जहाँ दलित कोही नभएका कारण त्यहाँ दलित कोटा नै खाली भयो । उता,ताप्लेजुङ र तेह्रथुम जिल्लामा कांग्रेसका २ जना उम्मेदवार सर्बसम्मत भएका छन् ।सर्बसम्मत हुने दुवै दलित कोटाका हुन् ।

ताप्लेजुङ्को मिक्वाखोला गाउँपालिका-३, लिवाङको दलित सदस्य पदमा लछिमाया विश्वकर्मा निर्बिरोध भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । यस्तै तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-१, पौठाकमा पनि कांग्रेसबाट दलित सदस्यमा उम्मेदवारी दिएकी विजुलीमाया शङ्कर निर्बिरोध निर्वाचित भएको मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले बताए ।

इलामको माङ्गसेबुङ्ग गाउँपालिकामा नेकपा एमालेकी दलित महिला सदस्य उम्मेदवार धनकुमारी विश्वकर्मा निर्विरोध निर्वाचित भएकी छिन ।
स्थानीय तहको चुनावका लागि विश्वकर्माले वडा नं. ६ बाट वडा सदस्यमा आइतबार उम्मेदवारी दर्ता गरेकी थिइन् । माङ्सेबुङका निर्वाचन अधिकृत कृष्णकुमार कार्कीका अनुसार अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले विश्वकर्मा निर्विरोध निर्वाचित भएकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...