कति ठाउँ दलित मात्र निर्बिरोध निर्वाचित भए ?



हाम्रो इकोनोमि

काठमाडौँ/ दोस्रो चरणको स्थानीय तहको चुनावमा निर्बिरोध निर्वाचित हुनेमा दलित अग्र भागमा छन् । अहिले सम्मको तथ्यांक आनुसार बझांगको कडा गाउँपालिकामा–५ एमालेको प्यानल बिजयी भएको छ । जहाँ दलित कोही नभएका कारण त्यहाँ दलित कोटा नै खाली भयो । उता,ताप्लेजुङ र तेह्रथुम जिल्लामा कांग्रेसका २ जना उम्मेदवार सर्बसम्मत भएका छन् ।सर्बसम्मत हुने दुवै दलित कोटाका हुन् ।

ताप्लेजुङ्को मिक्वाखोला गाउँपालिका-३, लिवाङको दलित सदस्य पदमा लछिमाया विश्वकर्मा निर्बिरोध भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । यस्तै तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-१, पौठाकमा पनि कांग्रेसबाट दलित सदस्यमा उम्मेदवारी दिएकी विजुलीमाया शङ्कर निर्बिरोध निर्वाचित भएको मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले बताए ।

इलामको माङ्गसेबुङ्ग गाउँपालिकामा नेकपा एमालेकी दलित महिला सदस्य उम्मेदवार धनकुमारी विश्वकर्मा निर्विरोध निर्वाचित भएकी छिन ।
स्थानीय तहको चुनावका लागि विश्वकर्माले वडा नं. ६ बाट वडा सदस्यमा आइतबार उम्मेदवारी दर्ता गरेकी थिइन् । माङ्सेबुङका निर्वाचन अधिकृत कृष्णकुमार कार्कीका अनुसार अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले विश्वकर्मा निर्विरोध निर्वाचित भएकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...