लिखु ४ जलविधुत आयोनजाको निर्माण कार्य सुरु हुने



हाम्रो इकोनोमि

काठमाडौं । लामो समयदेखि अवरुद्ध ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना निर्माण सुरु हुने भएको छ । नेपाल र भारतको संयुक्त लगानीमा लिखु आयोजना बन्न लागेको हो । आयोजनाको अहिले सिभिल र हाइड्रोमेकानिकल निर्माणमा परेको बोलपत्र मूल्यांकन भइरहेको छ । निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएपछि आयोजना निर्माण हुने आयोजना प्रमुख बद्री रिजालले बताए । उनका अनुसार आयोजनामा सिभिल निर्माणको काम आउँदो हिउँददेखि सुरु हुनेछ । आयोजनाको काम आगामी वि.सं. २०७७ को असोजमा सम्पन्न गर्ने प्रतिवद्धता प्रवद्र्धक ग्रिन भेन्चर्सले गरेको छ ।

नेपालको त्रिवेणी समूह र भारतको भिल्वरा ग्रुपले ग्रिन भेन्चर्स प्रालिमार्फत आयोजना निर्माण गर्न लागेका हुन् । आयोजनामा भिल्बराको ८० र त्रिवेणीको २० प्रतिशत स्वामित्व छ । करिव ९ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा सहवित्तीयकरणअन्र्तगत ऋण लगानी सम्झौता हुने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । आयोजनामा ग्रिनभेन्चर्सले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरिसकेको छ ।

प्राधिकरण र ग्रीन भेन्चर्सबीच वर्षातको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ । ग्रिनभेन्चर्सले भारतमा बिजुली निकासीका लागि आयोजना १२० मेगावाटमा डिजाइन गरेकोमा बजार बिजुलीको मूल्य, प्रसारणलाइन पूर्वाधारलगायत अन्य विभिन्न कारणले अनिश्चित भएपछि उसले नेपालमै बेच्ने भन्दै क्षमता घटाएर ५२.४ मेगावाटमा पीपीए गरेको हो ।

प्राधिकरण र ग्रिन भेन्चर्सबीच सन् २०१६ मेसम्मका लागि ५२.४ मेगावाट बिजुली ९५.९९ सेन्ट प्रति युनिटमा केही वर्षका लागि (फलव्याक) पीपीए भएको थियो । आयोजनाबाट वि.सं. ०७१ पुस १६ देखि बिजुली उत्पादन गर्ने प्रतिबद्धता प्रवद्र्धक ग्रिनभेन्चर्सले गरेको भए पनि एक वर्षअघि मात्र पूरा समय पीपीए भएको छ । ऊर्जाले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको हो । आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि सन् २०९८ फागुनसम्मलाई छ ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...