१४ गतेको चुनाबमा छ सय बढी भारतीयले यसरी हाल्दैछन् भोट



हाम्रो इकोनोमि

काठमाडौँ । नेपाली जनताले आफ्नो क्षेत्रको विकासको लागि आफ्नो जनप्रतिनिधि छान्न भईरहेको स्थानीय तहको निर्वाचनमा सुनसरीको केही गाउँपालिका भारतीय नागरिक मतदाताहरु निर्णायक पाईएको छ ।
सुनसरी सदरमुकाम इनरुवासँग सीमा जोडिएको भोक्राहा गाउँपालिकाको वडा नम्बर ८ मा निर्णायक मतदाता नै भारतीय नागरिकहरु रहेको पाईएको हो ।
सो वडामा कुल २ हजार १ सय ७८ मतदाता रहेकोमा ६ सय भन्दा बढी भारतीय नागरिकहरु रहेको तथ्य फेला परेको छ । भारत बसमतीय मुस्लिम टोलाको मतदाता नामावली र भोक्राहा ८ को नेपाली मतदाता नामावली अनुसार अधिकांश मानिस भारतको नागरिक रहेको र निर्वाचनको बेला आउने उनीहरुले नै त्यसवडाको जनप्रतिनिधि चयनमा प्रत्यक्ष भूमिका खेल्ने गरेको देखिएको छ ।

निर्वाचनको बेलामा आउने उनीहरुले कुनै पार्टी विशेषलाई भन्दा पनि नातेदार बनेका आफ्ना आफन्तको पक्षमा मतदान गर्ने गरेका छन । एक स्थानीयले भने– लामो समयदेखि गाउँको राजनीतिमा पकड जमाएकाहरुले आफ्नो चुनावी पकडलाई दिर्घकालसम्म कायम राख्न सयौ भारतीय आफन्तहरुलाई यहाँको नागरिकसहित मतदाता बनाएकोले अहिले सो वडाका आफ्नो जनप्रतिनिधि आफै छान्न सक्ने अवस्था छैन । भारतीयहरु आएर जसको पक्षमा मतदान गर्छन उही हाम्रो जनप्रतिनिधि हुने अवस्था छ ।

सो वडाबाट उम्मेदवार बनेका एक जनाको आफू बाहेक पुरै भारतीय नागरिक र मतदाता रहेको देखिएको छ । उनी पनि विगत दुई दशकबाट सो वडामा बस्दै आएका हुन । भारत भेलाही ११ घर भएका उनी त्यहाँ मुद्दा लागेर प्रहरीको खोजीको सूचिमा परेपछि नेपाल आएर लुकेर यता बसेको र पछि यतै नागरिक भएको स्थानीयहरु बताउँछन । उनी नेपाल भित्रिएपछि फर्किएर भारत जान नसकेको समाचार सुनसरी बाट प्रकाशित बर्णमाला दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...