एमाले कहाँ कती बलियो! यस्तो छ रणनिती,यसरी जित्दैछ चुनाब



काठमाडौँ / दोस्रो चरण अन्तर्गत एक महानगर र सात उपमहानरपालिकामा एमालेले लोकप्रिय र युवा उम्मेदवारहरुलाई अघि सारेको छ । लोकप्रिय छवि भएकै उम्मेदवार स्थानीय तहमा देखिएपछि नयाँखाले उत्साह भरेको मनोनयन क्रममा देखियो ।

मध्यपश्चिम र सुदूर पश्चिम क्षेत्रमा समेत यो चरणको निर्वाचनमा एमालेको छुट्टै जनलहर देखिएको छ । बुटवल–दाङ हुँदै रोल्पा र धनगढी–कञ्चनपुरदेखि पूर्वी भेग झापा–विराटनगरमा हिजो भएको मनोनयन दर्तालाई हेर्दा अन्य दलका तुलनामा यो निर्वाचनमा एमालेजनमा उत्साह, उमंग र जनसहभागिता पनि उच्च रहेको देखियो ।

मोरङको विराटनगर महानगरपालिका, सुनसरीको इटहरी र धरान, रुपन्देहीको बुटवल, दाङको तुल्सीपुर र घोराही, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढी उपमहानगरपालिका एमालेले व्यापक तयारीसहित मनोनयन दर्ता गरेको छ ।

यी क्रममा जनसभादेखि घरदैलो कार्यक्रम समेत सबैभन्दा सशक्त एमालेकै रहेको स्थानीय जनप्रतिनिधिहरुले बताए । यो चरणमा निर्वाचन हुने एउटा महानगरपालिका र सातवटै उपमहानगरपालिकामा एमालेका सूर्यध्वजाबाहक उम्मेद्वाहरुको विजय नजिक रहेको उनीहरुको दाबी छ ।

संगठन मजबुतीका हिसाबले पनि यी सबै महानगर र उपमहानगरमा एमाले बलियो रहेको उनीहरुको दाबी हो । मनोनयनक्रममा पनि विना विवाद सबैतिर मनोनयन भएका छन् । तुलनात्मक रुपमा काँग्रेसभित्र झैझगडा देखिए ।

तर बाजुरा र केही स्थानमा काँग्रेस र माओवादीले एमाले कार्यकर्तामाथि नै जाइलागेका घटनाले पनि एमालेप्रतिको इष्र्याले उसको शक्तिशाली उपस्थितिलाई देखाउँछ । प्रतिस्पर्धीहरु सबै मिल्दा पनि कतिपय स्थानहरु एमालेले नै सुरक्षित गरिसकेको मनोविज्ञान पनि बुझिन्छ ।

यद्यपि चुनावी प्रतिस्पर्धाका अरुखाले प्राविधिक पक्षहरु पनि हुन्छन् । राष्ट्रिय राजनीतिमा एमालेले लिएका अडान, मुद्दा र उसको स्पष्ट देष्टिकोणले गर्दा सत्तारुढ काँग्रेस, माओवादी प्रति जनतामा निरासा देखिएको स्पष्ट हो ।

सातवटा महानगरपालिकामध्ये पहिलो चरणमा काठमाडौं, ललितपुर, पोखरा र भरतपुरमा निर्वाचन भएकोमा सबैभन्दा ठूलो काठमाडौँ र पोखरामा एमालेले शानदार जीत हासिल गरेको छ भने भरतपुरमा एमालेले जित्ने निश्चित भएपछि मतगणनाको अन्तिम अवस्थामा माओवादीले मतपत्र च्यातेर उत्पन्न विवाद अदालतमा पुगेको सबैलाई जगजाहेरै छ ।

विराटनगरमा ‘हेभि–वेट’ उम्मेदवार

राजनीतिक तथा औद्योगिक नगरीको रुपमा परिचित विराटनगर महानगरपालिकामा नेकपा ९एमाले० ले जिल्ला अध्यक्ष विनोद ढकाललाई मेयरमा उठाएको छ ।

अन्य पार्टीका उम्मेदवारको तुलनामा उनी ‘हेवी वेट’ भएकाले पनि उहाँको पक्षमा माहौल बन्दै गएको महानगरबासी बताउँछन् । ३२ वर्षदेखी विराटनगरको राजनीतिमा सक्रिय ढकालसँगको प्रतिस्पर्धामा अरु पार्टीका उम्मेदवार फिका देखिएका छन् ।

मोरङ जिल्लामा दुई पटक निर्वाचित पार्टी अध्यक्ष भएका ढकाल एमालेभित्र स्थापित नेताको परिचित हुन् । त्यसो त विराटनगर नयाँ महानगर हो, जसलाई महानगर बनाउन एमाले जिल्ला नेतृत्वले खेलेको भूमिकाको विराटनगरवासीले प्रशंसा गर्ने गरेका छन् ।

भविष्यमा विराटनगरको ऐतिहासिकता जोगाउन रुग्ण उद्योगहरुको सञ्चालन र त्यहाँका उद्योगी–व्यवसायीको सम्मान र राजनीतिक नगरीको पहिचान जोगाउन अग्रज तथा आदरणीय नेताहरु मनमोहन अधिकारीका साथै विपी कोइराला र गिरिजाप्रसाद कोइरालाको स्मरण गर्ने संग्राहलय समेत बनाएर विराटनगरको ऐतिहासिक र राजनीतिक पहिचान जोगाउने ढकालको योजनाले कांग्रेसका कार्यकर्ताले पनि प्रभावित भएका छन् ।

एकातिर पाँच वर्षभित्र विराटनगर कस्तो हुने भन्ने एउटा योजना र अर्को निराशामा रहेका विराटनगरवासीलाइै खुशी दिन तत्कालै सय दिन भित्र गर्ने कामको योजनासहित एमालेका उम्मेदवार जनताको घरदैलोमा पुगेका छन् ।

दलित र सुकुम्वासीहरुका लागि एकीकृत वस्ती निर्माण गर्ने, नगरमा पछाडि पारिएका मुसहर, डुमलगायतका विपन्न वर्गका जनताको उत्थानका कार्यक्रमहरु ल्याउने, जेष्ठ नागरिकलाई स्वास्थ्य सुविधादेखि घर–घरमा सामाजिक सुरक्षा भत्ता पुर्याउनेलगायतका जनप्रिय योजनाका साथ जनताको माझ पुगेका एमाले उम्मेदवारहरुलाई आममहानगरबासीले मत हाल्ने प्रतिवद्धताका साथ थप हौसला प्रदान गरेका छन् । एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल भएको छ ।

यो तालमेलले पनि मेयरमा एमालेका उम्मेदवारको जीतलाई झन् सहज बनाइदिएको छ । १९ वटा वडामम्ध्ये १२ वटामा एमाले अगाडि रहेको जिल्ला अध्यक्ष तथा मेयरका उम्मेदवार विनोद ढकालले बताए । त्यसमाथि फोरमसँगको तालमेलले सकारात्मक सन्देश गएको हुनाले आफ्नो जीत सुनिश्चित रहेको उहाँको भनाइ छ ।

धरानः गढकै निरन्तरता

धरान उपमहानगरपालिकाको मेयरमा एमालेले विद्यार्थी आन्दोलनबाट जन्मिएका नेता तारा सुब्बालाइ उम्मेदवार बनाएको छ । सुनसरी जिल्लामा लगातार १० वर्षसम्म युवा आन्दोलनको नेतृत्व गर्नुका साथै जनप्रतिनिधिका रुपमा लामो समय काम गरेका कारण धरानबासीवीच उहाँ लोकप्रीय हुनुहुन्छ ।

०५४ को स्थानीय निर्वाचनमा धरान १७ बाट वडासदस्यमा निर्वाचित भई उहाँले जिल्ला विकास समितिमा इलाका नं २ को सदस्यका साथै लामो समय नगरपालिकाको राजनीतिक संयन्त्रमा पार्टीको तर्फबाट काम गर्दै आउनुभएको छ ।

एमालेको गढका रुपमा चिनिने धरान उपमहानगरपालिकाको उपमेयरमा एमाले युवा नेत्रृ मञ्जु भण्डारी (सुवेदी) लाई उम्मेदवार बनाएको छ । लामो समय अनेरास्ववियुमार्फत विद्यार्थी आन्दोलनमा होमिनुभएकी अखिलकी पूर्वकेन्द्रीय सदस्य भण्डारी २०५३ सालदेखि पार्टी र संगठनका काममा सक्रिय छन् ।

धरानलाई जनसहभागिताको नमुना शहर भनेर नेपालमै चिनाउने काम नेकपा ९एमाले० ले नै गरेको हुनाले यो उपमहानगरमा एमालेको जीत सुनिश्चित बनेको जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी बताउनुहुन्छ ।

धरानमा ०४९ र ०५४ सालको स्थानीय निर्वाचनमा एमालेले जित हासिल गरेपछि लिएको नीति र कार्यक्रमले नै आधुनिक धरानको जग बसालेका कारण एमाले यहाँ स्थापित छ । एमालेको नेतृत्वमा नगरपालिकाले ६०÷४० को जनसहभागिताको नीति लिएर धरानलाई नमुना शहरको बाटोमा डोर्याएको छाप नगरवासीमा छ ।

व्यवस्थित नगर बनाउनका लागि घर नम्बरिङ पनि एमाले नेतृत्वकै पालामा लागुभएको थियो । एमालेका नेताकै पहल र नेतृत्वमा घण्टाघर बनेको हो । भानुचोकको बसपार्कको विकल्पमा तीनकुने सुन्दर बस्ती विकास आयोजना र डाँडाघोपामा विमानस्थल निर्माणको प्रक्रिया एमालेका मेयर मनोजकुमार मेन्याङबोको नेतृत्व रहँदा नै नगरपालिकाले शुरु गरेको थियो ।

अब पनि धरान उपमहानगरलाई कस्तो नगर बनाउने भनेर दीर्घकालीनरुपमा भिजन नै तयार गरेर एमालेका उम्मेदवारहरु जनताको घरदैलोमा पुगेका छन् । ७० हजारभन्दा बढी मतदाता र २० वडा भएको यो उपमहानगरपालिकामा २० वटै वडा जित्ने अठोटका साथ चुनावी मैदानमा होमिएको एमाले बाँकी सबै राजनीतिक शक्तिबीच तालमेल भए पनि त्यसलाई एक्लै परास्त गर्ने योजनाका साथ निर्वाचन अघि बढाइरहेको छ ।

इटहरीः आफ्नो किल्ला रक्षा गर्न सके नै काफी

सुनसरीकै अर्को उपमहानगरपालिका इटहरीमा एमालेले मेयरमा जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी र उपमेयरमा सुनसरीकी संगठन विभाग प्रमुख लक्ष्मी गौतमलाई उम्मेदवार बनाएको छ । प्रदेश नम्बर १ को सम्भावित राजधानी सहर भनिएको इटहरीमा यसै पनि एमाले बलियो छ ।

अघिल्लो स्थानीय चुनावमा मेयर र उपमेयरसहित थुप्रै वडामा कब्जा जमाएको एमालेले पछिल्लो दुवै संविधानसभा निर्वाचनमा समेत जितेकाले पनि यो पूर्वाञ्चलमै एमालेको गढ शहरका रुपमा चिनिन्छ । हुन पनि चाहे यहाँको उद्योग वाणिज्य संघ होस् चाहे खानेपानी संस्था वा अरु जुनकुनै सामाजिक संस्था किन नहोऊन्, त्यहाँ एमाले बाहुल्य छ ।

२० वडा भएको यो उपमहानगरमा पनि २० वटै जित्ने लक्ष्यका साथ आफूहरु चुनावी अभियानमा खटिएको मेयरका उम्मेदवार तथा जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीले बताए । ७८ हजार मतदाता रहेको इटहरीको सबैभन्दा ठूलो समुदाय भनेको थारु हो । त्यसैले जिल्लाका लोकप्रिय र चौधरी समुदायकै व्यक्तिलाई एमालेले मेयरको टिकट दिएकाले पनि जीत सुनिश्चित भएको बताइन्छ ।

बुटवलः एमाले लालकिल्ला—मनैभरि र जनैभरि एमाले

बुटवल उपमहानगरपालिकामा एमालेले मेयरमा शिवराज सुवेदी र उपमेयरमा गोमा आचार्यलाइ उम्मेदवार बनाएको छ । यो उपमहानगरपालिका एमालेको सांगठानिक आधार बलियो भएको ठाउका रुपमा चिनिन्छ ।केही समयअघि माओवादी केन्द्र नेतृत्वको सरकारले पाँच नम्बर प्रदेश टुक्राउने प्रस्ताव संसद्मा लैजाँदा त्यसका विरुद्ध एमालेको अगुवाइमा यहाँ आन्दोलन भएको थियो ।

त्यहाँको आन्दोलनको रापले पूरै देशलाई तताएको थियो । पाँच नम्बर प्रदेश टुक्राउन खोज्ने माओवादी र कांग्रेसलाई यसपटक यहाँका जनताले मतमार्फत गतिलो झापड दिने विश्लेषण गरिएको छ ।

 

औद्योगिक र व्यापारिक हबका रुपमा परिचित बुटवल उपमहानगरका १९ वटा वडामा अधिकांश एमालेकै पोल्टामा जाने बताइन्छ । ०५४ को स्थानीय निर्वाचनमा एमालेका भोजप्रसाद श्रेष्ठले यहाँको मेयर जितेका थिए ।

बुटवल नगरपालिका रहेको रुपन्देही क्षेत्र नम्बर ४ मा २०६४ र २०७० को दुवै चुनाव एमालेका विष्णु पौडेलले जितिरहनुभएको छ, जहाँ उहाँले पछिल्लो पटक माओवादी नेता बाबुराम भट्टराईलाई तेस्रो स्थानमा झार्दै करिब ६ हजारको मतान्तरमा कांग्रेसलाई दोस्रो बनाउनुभएको थियो ।

यस हिसावले पनि यो उपमहानगरपालिकामा एमालेलाई हराउनु अरु दलका लागि असम्भव छ । बुटबललाइ स्याटलाइट सिटी बनाउने प्रतिवद्धताका साथ एमालेका उम्मेदवार चुनावी मैदानमा खटिएका छन् ।

बुटबलमा जंगल फँडानी गरेर, झाडीहरु सफा गरेर कुनै प्राविधिक योजना, वातावरणीय प्रभाव मूल्यांकनबिनै बस्ती बस्न सुरु भएका धेरै ठाउँहरु अहिले सहर बनेका छन् । त्यस्ता धेरै सहरहरुका बस्ती वैज्ञानिक छैनन् र व्यवस्थित पनि बन्न सकेका छैनन् ।

ती सहरलाई व्यवस्थित गर्दै अर्को छुट्टै स्थानमा स्याटेलाइट सिटी निर्माण गर्ने एमालेको व्यवस्थित योजनालाई बुटवलबासीले समर्थन जनाएका छन् । बुटवलका १९ वटै वडाहरुमा विद्यमान खानेपानी, फोहर व्यवस्थापन, ढल निकास, हरियाली निर्माण, पार्क संरक्षण र निर्माणका कामलाई पनि अगाडि बढाउने र ती वडा मध्येबाटै उपयुक्त स्थानमा दुईवटा त्यस्ता स्याटेलाइट सिटी बनाउने एमालेको परिकल्पना छ ।

यसकारण पनि बुटबलमा एमालेको पक्षमा माहौल तात्दै गएको छ ।

यसबाट आत्तिएका कांग्रेस माओवादीले एमालेलाई मोर्चावन्दी गर्ने गरी चुनावी गठबन्धन गरे पनि त्यो परिणाम पोखरा महानगरपालिकामा जस्तै फिक्का सावित हुने स्थानीय बताउँछन् ।

तुल्सीपुरः प्रभावशाली व्यक्तित्व तर काँग्रेसँग कडा टक्कर

दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमालेले मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्यलाई उम्मेदवार बनाएको छ । अनेरास्ववियुबाट राजनीति सुरु गरेका घनश्याम पाण्डे ०५४ सालको स्थानीय निकायको निर्वाचनमा २३ वर्षको उमेरमा तुलसीपुर नगरपालिकाको उपमेयर निर्वाचित भएका थिए ।

उपमेयरको पाँच वर्षे कार्यकालपछि सामाजिक संस्थाको जिम्मेवारी सँगै पार्टी कामलाई निरन्तर अगाडि बढाउँदै आउनुभएका पाण्डे पार्टी बाहिरसमेत उत्तिकै लोकप्रिय हुनुहुन्छ । सामुदायिक वन संरक्षणका क्षेत्रमा पाण्डे नेपालबाहिर समेत उत्तिकै परिचित छन् ।

एमालेले चुनाव जितेपछि आफूले नगरलाई कस्तो बनाउने भन्ने परिकल्पनासहितको १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । अन्य अधिकांश ठाउँमा कांग्रेस, माओवादीले तालमेल गरेर एमालेविरुद्ध मोर्चावन्दी गरे पनि यहाँ भने सबै पार्टीले एकल उम्मेदवारी दिएका छन् ।

तुल्सीपुरमा उपमहानगरमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने बताइन्छ । कांग्रेसले पूर्वसांसद गेहेन्द्र गिरीलाई उठाएको छ । ७६ हजारभन्दा बढी मतदाता रहेको यो उपमहानगरका १९ वडामध्ये ११ वटामा एमालेले सहजै जित्ने आँकलन गरिएको छ ।

घोराहीः स्थानीय थारुको आफ्नै र अरुको प्रिय नेता

घोराही उपमहानगरमा एमालेले नरुलाल चौधरीलाई मेयर र सीता न्यौपानेलाई उपमेयरमा अघि सारेको छ । थारु समुदायको बर्चश्व रहेको यो उपमहानगरमा सबैभन्दा बढी ७८ हजार ४ सय १९ मतदाता छन् ।

१९ वडा रहेको यो उपमहानगरमा बहुमत वडासहित एमालेका उम्मेदवारले जित्ने जिल्ला अध्यक्ष टिकाराम खड्काले बताए । अध्यक्ष खड्काले भने, ‘आज उम्मेदवारी मनोनयनमा यी दुवै उपमहानगरपालिकामा सडकमा उत्रिएको मासले पनि एमालेको जीतलाइ सुनिश्चत गरेको छ । मनोनयन दर्ताका दिन दशौँ हजारको जनसमुदायको उपस्थितिले हामीलाई उत्साहित बनाएको छ ।’

 

समग्र दाङ र विशेषगरी घोराहीको निर्वाचनमा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले विशेष ध्यान दिइरकेका छन् । एक सातअघिदेखि जिल्लाका विभिन्न कार्यक्रमहरुमा सक्रिय भइरहनुभएका पोखरेल स्वयम् घोराहीकै मतदाता भएकाले पनि त्यहाँ एमालेको जीतका लागि कार्यकर्ता र जनपरिचालनमा उल्लेखनीय उपलब्धि हासिल भइरहेको छ ।

नेपालगञ्जः अल्पसंख्यक र लोकप्रियताको अनौठो संयोग

पश्चिम नेपालको एतिहासिक शहरका रुपमा चिनिने नेपालगञ्ज उपमहानगरपालिकामा एमालेले भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका मुस्लिम उम्मेदवार समसुद्दिन सिद्धिकीलाई मेयरको उम्मेदवार खडा गरेको छ भने उपमेयरमा महिला नेतृ शान्ति ढकाललाई उठाएको छ ।

०५४ को स्थानीय निर्वाचनमा यहाँ एमालेले जीत हासिल गरेको थियो । त्यो विरासत यसपटक पनि नफुत्किने जिल्ला अध्यक्ष अशोक कोइराला बताए । अहिले मेयरको उम्मेदवार बनेका सिद्धिकीले ०५४ मा त्यहाँबाट उपमेयर जितेका थिए ।

 

यो महानगरमा रहेको ६२ हजार मतदातामध्ये करिब २० हजार मतदाता मुस्लिम समुदायका भएको र एमालेले अल्पसंख्यक मुस्लिम समुदायबाट नै मेयर उठाएको हुनाले पनि मुस्लिम मतदाता उत्साहित भएको जिल्ला अध्यक्ष कोइरालाले बताए ।

नेपालगञ्ज उपमहानगरका २३ वडामध्ये १३ वटा वडामा एमालले जित्ने अध्यक्ष कोइरालाले दावी छ । उपमहानगरमा पर्ने बाँकेका निर्वाचन क्षेत्र २ मा गत संविधानसभामा एमालेका दिनेशचन्द्र यादवले जितेका थिए भने क्षेत्र नं ३ मा कांग्रेसका सुशील कोइरालाले जितेका थिए ।

यसपटक पनि त्यहाँ एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँगै हुने बताइन्छ ।

धनगढीः यस्तो छ स्थानीय विशिष्टता

प्रदेश नम्बर सातको एउटै मात्र उपमहानगरपालिका कैलालीको धनगढीमा एमालेले दुर्गाप्रसाद जोशीलाई मेयरमा र रुक्मिणी देवकोटालाई उपमेयरमा उठाएको छ । धनगढीमा लोकप्रिय शिक्षकका रुपमा परिचित जोशी एमाले जिल्ला कमिटीको सचिवालय सदस्य हुन् ।

रुक्मिणी देवकोटा भने पार्टीपंक्तिमा मात्र नभएर औद्योगिक र व्यापारिक क्षेत्र पनि चर्चित हुन् । उनी जिल्ला उद्योय बाणिज्य संघको उपाध्यक्षसमेत हुन् । १९ वडा भएको यो उपमहानगरमा एमालेको संगठन पहिलेदेखि नै राम्रो मानिन्छ ।

अरु उम्मेदवारको तुलनामा एमालेका मेयरका उम्मेदवार शैक्षिक र राजनीतिक हिसावले पनि योग्य हुनु, उम्मेदवारलाई सहयोग पुग्ने मतदाताको सामाजिक तथा जातिगत बनोट हुनु जस्ता कुराले पनि एमालेलाई सहयोग पुग्ने आँकलन भइरहेको जिल्ला अध्यक्ष दीर्घ सोडारी बताउनुहुन्छ ।

कांग्रेसका पुराना नेता गोपी हमालले स्वतन्त्र उम्मेदवारी दिएकाले त्यसको फाइदा पनि एमालेलाई हुने आँकलन गरिएको छ । करिब ७६ हजार मतदाता भएको यो उपमहानगरमा कम्तीमा तीन हजार मतान्तरले एमालेका उम्मेदवारले जित्ने जिल्ला अध्यक्ष सोडारीको दाबी छ ।                                               रमिला खतिवडा 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय